तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने
नेपालगन्ज, १७ जेठ – बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ यही जेठ २३ र २४ गते -शनिबार र आईतबार) नेपालगन्ज रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ ।
स्ट्रेन्थलिफ्टिङ्ग खेलको प्रवद्र्धन, प्रतिभाशाली नयाँ खेलाडीहरूको पहिचान तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याउनु भएका ओलम्पियन खेलाडीहरूलाई सम्मान गरिने क...









