Tuesday, May 19सत्यम खबर
Shadow

ब्याग झोला बनाउने एक महिने तालिमको समापन

नेपालगन्ज, ४ जेठ – महिलाहरुका लागि सिपमुलक ब्याग झोला बनाउने एक महिने तालिम उत्साहित प्रशिक्षार्थीहरुका मांझ एक औपचारिक कार्यक्रम बिच समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति माया पुन मगरले घर बसेका महिलालाई सिप निर्भर बनाउन कम लगानीमा आत्मनिर्भर बनाउनका साथै कपडाको झोलाले प्लास्टिक जन्य प्रदुषणबाट बच्न æहरित वताबरण सम्भावनाæ लुम्बिनी प्रदेश सरकारले बाँकेको पर्यटन डिभिजन कार्यालय कोहलपुरले पहल गरेको र यसरी नै आउँदा दिनमा पनि प्रदेश सरकारबाट बिभिन्न सिपमुलक तालिमका लागि पहल गर्ने जानकारी गराउनु भयो ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर योजना तथा प्रशासन शाखाका वरिष्ठ अधिकृत कृष्णबहादुर बिष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई वरिष्ठ पत्रकार समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोदकुमार श्रेष्ठ तालिमका प्रशिक्षक देवी पुनमगर लगायतले सिपमुलक तालिमको आर्थिक सामाजिक उपयोगिताका माथी प्रकाश पारेका थिए ।

यस्तै प्रशिक्षार्थीहरु रविशा शर्मा हलवाई, कल्पना तामाङ, जुनाकुमारी बस्यालले तालिम एकदमै उपयोगी आर्थिक रुपमा आय आर्जनमा सहयोगी बन्ने साथै तालिम अवधिको सिलाई कटाइ कार्यको सकारात्मक स्मरण गरेका थिए ।

बाँके बिभिन्न स्थानबाट प्रतिनिधित्व गरेका ४० जना बिभिन्न समुदायका सिपका लागि सहभागि महिलाहरुलाई दुई समूहमा विभाजित गरि १५/१५ दिन गरेर नेपालगन्ज उपमहानगरमा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रमको संयोजक नेपाल आदिबासी जनजाति महासंघ नगर परिषद सभापति भुमण्डल प्रकाश श्रेष्ठ, नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य कृष्ण पुन, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साहिल हल्वाई लगायत अतिथीहरुको सहभागिता रहेको थियो ।

जनजाति, खसआर्य, मुस्लिम, मधेसी, थारु लगायत विभिन्न समुदायका महिलाहरुको सहभागिता रहेको तालिम कार्यक्रमको सञ्चालन पर्यटन डिभिजन कार्यालय कोहलपुरका श्याम अमगाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *