होलि ल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश
नेपालगन्ज, २४ कार्तिक – होलि ल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गर्नु भयो । मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गर्नु भएको थियो । यसैगरी छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।
...









