Monday, November 3सत्यम खबर
Shadow

दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगन्ज, १४ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ ।

नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए ।

उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्र्रो भए ।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठ तेस्र्रो भएका छन् ।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रोे स्थान हासिल गरेका छन् ।

२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्र्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री पाण्डेले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गरेर खेलको शुभारम्भ गरेका थिए ।

प्रतियोगितामा देशभरीका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्डर १० उमेर समूहका खेलाडीहरुले अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *