Tuesday, October 22सत्यम खबर
Shadow

श्रम/रोजगार

उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै

उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै

आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – उत्तर कोरियाले आफ्ना सैनिकलाई युक्रेनमा रूसी सेनाको मद्दतका लागि तैनाथ गरेको छ । गत साता युक्रेनी समाचार संस्था इन्टरफेक्स–युक्रेन र कियभ पोस्टले युक्रेनको खुफिया विभागको स्रोतको हवाला दिँदै एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा अक्टोबर ३ मा डोनबासमा रूसको कब्जामा रहेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गर्दा उत्तर कोरियाली सेनाका ६ अधिकारी मारिएका र ३ जना घाइते भएका उल्लेख छ । बीबीसीको हिन्दी अनलाइन संस्करणले स्रोतको हवाला दिँदै उत्तर कोरियाली सेनाका अधिकारीहरूको एक समूह आफ्ना रूसी सहयोगीहरूसँग भेट्न र उनीहरूसँग ‘अनुभव साझा गर्ने’ उद्देश्यका साथ युक्रेनको रुसी नियन्त्रित भूमिमा गएका बताइएको छ । के यो दाबीमा सत्यता छ ? युक्रेनको खुफिया विभागले गतवर्ष पनि एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा उत्तर कोरियाका सैन्य अधिकारिको एक सानो ...
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए । त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए । यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका ...
पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

खेल, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
काठमाण्डौ, २८ असोज – पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् । बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ । नेपाल पाना...
गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ असोज – प्रत्येक वर्ष झै यस वर्ष पनि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले माता नव दुर्गा प्रतिमा बिर्सजन गर्न जाने भक्तजनहरुको लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको थियो । यस वर्ष बाँके जिल्लामा करीब ६ सय बढी माता नव दुर्गा भवानीको प्रतिमा विभिन्न स्थानहरुबाट डुडुवा गाउँपालिका वडा नं. ५ स्थित रहेको सिधनिया घाट (राप्ती घाट)मा बिर्सजन गरिएको छ । सोही क्रममा फत्तेबाल आँखा अस्पताल गेट अगाडी मुर्ति बिर्सजन गर्न जाने भक्तजनहरुको प्यास मेटाउन शुद्ध जल (खानेपानी) को व्यवस्थापन गरिएको गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहले जानकारी दिनुभयो । खानेपानी व्यवस्थापनमा गौरव स्मृतिकी अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेमा शाही, कोषाध्यक्ष विजय कोरी रहेका थिए भने सदस्यहरुमा शिवम् शाह, मुन्सी हज्जाम, अनिता बस्नेत, पास्कल ब...
मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २८ असोज – नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् । उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.वेश अन्सारीले भन्नुभयो, ‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरह...
तीन जिल्लाका सनातनी त्रिवेणी जाँदै

तीन जिल्लाका सनातनी त्रिवेणी जाँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
‘आलोक अवध’ कपिलवस्तु, २८ असोज – धर्मयात्रा अभियान अन्तर्गत कपिलवस्तु, रुपन्देही र परासी जिल्लाका सनातन प्रति आस्था राख्ने जनसमुदायको मोटरसाइकल यात्रा रैली हुने भएको छ । यही कार्तिक २ गते शुक्रवार कपिलवस्तुबाट शुरु हुने सो यात्रा कपिलवस्तुको बहादुरगंज, तौलिहवाको ताम्रेस्वर महादेव मन्दिर हुँदै रुपन्देहीको लुम्बिनी, मार्चवार, भैरहवा, धकाधइ, परासी हुँदै त्रिवेणी धाममा पुगी जल भरेर ताम्रेस्वर महादेव मन्दिरमा चढाउने कार्यक्रम रहेको छ । सो यात्रामा सयौ महानुभावहरुको सहभागीता रहने र सो को सफलताको शुभकामना कपिलवस्तु र रुपन्देहीका वरिष्ठ राजनीतिक व्यक्तिहरुले समाजिक संजाल मार्फत दिनु भएको छ । सो धर्मयात्राका संयोजक अनिल तिवारी धर्मयात्राको अभियानको पहिलो कडीको रुपमा कपिलवस्तुको रामघाटबाट जल भरी अयोध्यामा राममन्दिर उदघाटनको अवसरमा पैदलयात्रा गरी बिशेष चर्चा कमाउनु भएको थियो । उहाँ धर्मयात्रा अ...
मानवसेवामा समर्पित वडा अध्यक्ष दिपककुमार बर्मा

मानवसेवामा समर्पित वडा अध्यक्ष दिपककुमार बर्मा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असाेज - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्मा निर्वाचित भएर आएदेखि वार्ड भित्र थुप्रै सकारात्मक र वडाबासीहरूकाे चाहना अनुसार कार्य गर्दै आएकाे छन् भन्ने सर्वविदित्तै रहेकाे छ । साेही अनुसार मानव सेवामा सदैव समर्पित जनप्रिय वडा अध्यक्ष बर्मा वडाबासीकाे चाहना अनुसार नै दाेस्राे पटक निर्वाचित भई हाल जनताकाे सेवामा समर्पित रहेका छन् भने वडा अध्यक्ष बर्मा नेकपा एमालेका पुर्व जिल्ला सचिव समेत रहेका छन् । वडा अध्यक्ष दिपककुमार बर्माले आज आफ्नाे जन्मदिनकाे अवसरमा पुन: सराहनिय कार्य गर्दै आर्थिक लगानी अन्त खेर फाल्नुभन्दा समाज सेवामा लगाउने उद्देश्यका साथ मानव सेवा आश्रममा रहेका सम्पुर्णलाई बिहानकाे खाना तथा ५६ थान ब्ल्यांकेट सहयाेग गरेका छन् । वडा अध्यक्ष बर्माले संक्षिप्त भनाई राख्दै भन्नुभयाे- "हामीले थाेरै सहयाेग आश्रित मानवहरूमा ग...
४० जनाले गरे रक्तदान

४० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असोज – बर्दियाको गुलरिया स्थित रहेको दीप डेन्टल क्लिनिकको आर्थिक सहयोगमा स्व. दीपबहादुर राना स्मृति फाउण्डेसनको आयोजनामा महिला पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् । गुलरिया नगरपालिका वार्ड नं.६ मा आयोजित रक्तदान कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी लगायत ५ जना महिला र ३५ जना पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् । आयोजित रक्तदान कार्यक्रममा स्व. दीपबहादुर राना स्मृति फाउण्डेसनका संरक्षक तथा स्व. दीपबहादुर रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देवचन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रमको आयोजना उहाँको छोरा अभय रानाले गर्नु भएको थियो । रक्तदान कार्यक्रम सफल गर...
नेपाल मै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

नेपाल मै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असोज APs\Nepal युट्युव च्यानलमा शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले मोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो । यस गीतका प्रमुख गायकहरू प्रभात सुवेदी र तुलसी घर्ती मगर हुन् । प्रभात सुवेदीको रचना र सङ्गीतमा रहेको यस गीतमा वातावरणीय सचेतना, फोहोर व्यवस्थापनका साथसाथै मोरिङ्गाको विविधतापूर्ण उपयोग र यसका औषधीय गुणहरूको बारेमा गहिरो सन्देश प्रवाह गरेको छ । राजेन्द्र बजगाई्रद्वारा संगीत संयोजन गरिएको यस गीतको कोरसमा राजेन्द्र बजगाईं र प्रमोद डीजीले साथ दिएका छन् । म्युजिक किचन अनामनगरमा रेकर्डिङ्ग गरिएको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्गको कार्य मनोज परियारले गरेका छ...
भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

भारतको हरियाणामा बिजेपीको प्रचण्ड बहुमतसहित हैट्रिक जीततर्फ अग्रसर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ असोज – भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिॅदै जीततर्फ उन्मुख रहेको छ । ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ । यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए । त्यस्तै जम्मु कश्मिरमा कांग्रेस नेतृत्वको गठबन्धनले ४८ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी २९ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी ३ र अन्य १० सिटमा अगाडी रहेका छन् । ९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरम...