सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय अभिमुखीकरण
डुडुवा, २४ जेठ – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकांस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ ।
डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त...









