ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृतिकप फुटबलको उपाधि
खजुरा, १० जेठ – ब्रदर्श एफसीले प्रथम अशोक स्मृतिकप -यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण भुपु टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा विवाद उत्पन्न भएका कारण जेठ ३ गते फाइनल हुने तय भएको प्रतियोगिता ढिला गरी सम्पन्न भएको थियो । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।
टाइब्रेकरमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, समिर थापा, समिर राना र करण बैगारले गोल गर्नु भएको थियो । महेन्द्र दल गणको तर्फबाट राम बस्नेत, इन्द्रजित सुनार, आशिष घर्तीमगर र विधान विकले गोल गर्नु भयो ।
ब्रदर्शका करण बैगार प्लेयर अफ द फाइनल बने । प्रतियोगितामा ब्रदर्शका दिवस तामाङ्ग, उत्कृष्ट गोलकिपर महिन्द्र दल गणका प्रेम खत्री घोषित हुनु भयो ।
प्रतियोगिताको विजेता ब्रदर्शले ५१ हजार रुपैयाँ,...









