Tuesday, June 16सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

१९ औं गणतन्त्त दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न

१९ औं गणतन्त्त दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका बिभिन्न १२ वटा माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरू बीच शनिवार कविता प्रतियोगिता सम्पन्न भएको छ । १९औं गणतन्त्र दिवसको उपलक्ष्यमा भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजना र नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१ वडा कार्यालयको सहयोग/ सहकार्यमा उपमहानगर स्तरीय -९–१२ तक) विद्यार्थीहरू बीच कविता प्रतियोगिता आयोजना गरेको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति के महासचिव तथा वरिष्ठ कलाकार सुन्दर गुरुङ्गद्वारा सञ्चालित समाजका केन्द्रिय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा, सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा.कृष्णप्रसाद घिमिरेले १९ वटा स्युच अनगरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष डा. राजकुमार थारुले स्वागत मन्तब्य ब्यक्त र ...
तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने

तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेठ – बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ यही जेठ २३ र २४ गते -शनिबार र आईतबार) नेपालगन्ज रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ । स्ट्रेन्थलिफ्टिङ्ग खेलको प्रवद्र्धन, प्रतिभाशाली नयाँ खेलाडीहरूको पहिचान तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाईएको छ । प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याउनु भएका ओलम्पियन खेलाडीहरूलाई सम्मान गरिने क...
वडा नं. १८ मा विकासले लियो तीव्र गति, गौरीशङ्कर टोलमा रु. २५ लाखको सडक तथा नाला निर्माण शिलान्यास

वडा नं. १८ मा विकासले लियो तीव्र गति, गौरीशङ्कर टोलमा रु. २५ लाखको सडक तथा नाला निर्माण शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्। सोही क्रममा आज गौरीशङ्कर टोलमा रु. २५ लाखको लागतमा आरसीसी नालासहित सडक निर्माण योजनाको शिलान्यास गरिएको छ। वडा अध्यक्ष दीपककुमार वर्माको पहलमा सञ्चालन हुन लागेको उक्त योजनाले स्थानीयवासीलाई सहज आवागमन तथा वर्षायाममा हुने जलनिकास समस्याको समाधान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। निर्माण कार्य सुरु भएसँगै स्थानीय टोलवासीहरू उत्साहित र खुसी देखिएका छन्। वर्षौंदेखिको सडक तथा नाला समस्याको समाधान हुने विश्वास उनीहरूले व्यक्त गरेका छन्।     वडा अध्यक्ष वर्माले निर्वाचनका क्रममा जनतासामु गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्दै नयाँ तथा पिछडिएका बस्तीहरूमा समेत विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिँदै आउनुभएको छ। उहाँको नेतृत्वमा स...
ज्ञानमैत्री कलेजद्वारा बीबीएस चौथो वर्षका विद्यार्थीलाई भव्य बिदाइ

ज्ञानमैत्री कलेजद्वारा बीबीएस चौथो वर्षका विद्यार्थीलाई भव्य बिदाइ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेठ — नेपालगन्जस्थित ज्ञानमैत्री कलेजले बीबीएस चौथो वर्षका विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कलेजले विद्यार्थीको शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै विशेष समारोह आयोजना गरि विदाई कार्यक्रम सम्पन्न गरेको हो । विदाई कार्यक्रमको सभापतित्व लोकमाया परियारले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्ज क्याम्पस प्रमुख डा. लालमणि भट्टराई रहनुभएको थियो । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष तथा जीएम कलेजका अध्यक्ष विकास बज्राचार्य, क्याम्पस प्रमुख सतानन्द लम्साल लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । बिदाइ कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अभ...
संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

संकट व्यवस्थापनदेखि ऐतिहासिक शान्तिपूर्ण निर्वाचनसम्म : नेपाल प्रहरीका आईजीपीमाथि अन्यायपूर्ण आरोप

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
देश संकटमा हुँदा नेतृत्व सम्हालेका कार्कीमाथि अहिले आरोप किन अन्यायपूर्ण ? नेपालगन्ज, १३ जेठ - पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न किसिमले प्रताडना दिने, सके कट्लेआम गर्ने दुष्प्रयास भइरहेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्वलाई हेर्दा वर्तमान नेतृत्वमाथि दोष थोपरेर प्रताडना दिइरहनु अन्यायपूर्ण हुने तर्क झन् बलियो बन्दै गएको छ । सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २३ गतेको घटनामा उपत्यका प्रहरी कार्यालयको कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको मौखिक आदेशमा परिचालित भई काममा खटिएका थिए । स्रोतका अनुसार दुःखद, विषम एवं चुनौतीपूर्ण अवस्थामा अन्य केही उच...
दलित पत्रकार संघको आयोजनामा बाँकेको जानकीमा बह्त रक्तदान कार्यक्रम सम्पन्न

दलित पत्रकार संघको आयोजनामा बाँकेको जानकीमा बह्त रक्तदान कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारा सहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा प्राङ्गणमा जेष्ठ १३ गते बुद्धवार आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालद्वारा सञ्चालित जानकी गाउँपालिका कार्यालय, मानपुर बाँकेको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्य र उपाध्यक्ष रामप्यारी यादवको सभापतित्वमा सञ्चालित रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव लगायतले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्...
विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक सामग्री हस्तान्तरण

विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक सामग्री हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ जेठ – नारी विकास केन्द्रको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक वस्तुहरु सहयोग गरिएको छ । उपमहानगरपालिका वडा नं. ५ को सहयोगमा वडाका ५२ जना विपन्न वर्गका गर्भवति महिलाहरुलाई अत्यावश्यक वस्तुहरु सोमबार एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शीला शाहको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष शराफत अली शेख, विशिष्ठ अतिथि वडा प्रहरी कार्यालयका इञ्चार्ज शेखर खड्का लगायत अतिथिहरुबाट हस्तान्तरण गरिएका गर्भवति अवस्थामा चाहिने अत्यावश्यक वस्तुहरुमा लगाउने लुगा, मन्जन ब्रुस, जुस, कुखुराको अण्डा एक क्यारेट लगायत सामग्रीहरु छन् । विशेषगरेर वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य चौकी गर्भवति अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न, खोप लगाउन आउने विपन्न ...
ब्रिनोजको सहयोगमा निःशुल्क कान शिविर सम्पन्न

ब्रिनोजको सहयोगमा निःशुल्क कान शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ जेठ – सामुदायिक सशक्तिकरण तथा रुपान्तरण -कमिट) नेपालको आयोजना ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क कान शिविर आईतबार सम्पन्न गरिएको छ । नेपालगन्ग उपमहानगरपालिका वडा नं. ७ मा एक दिने निःशु ल्क कान शिविरबाट महिला ६९ पुरुष १३ गरी जम्मा ८२ जनाले स्वास्थ्य लाभ लिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज–५, फुल्टेक्राका कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज भिषण थारुले जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ स्थिति प्रगतिशिलि मार्गमा रहेको स्वास्थ्य चौकीमा बिहान ११ बजेदेखि शुरु भई दिउँसो ३ः३० बजेसम्म ८२ जनाको चेकजाँच गरिएको जानकारी गराउँदै कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज थारुले ७ जनालाई थप उपचारको लागि रिफर गरिएको बताए ।...
जानकीको रक्तदान कार्यक्रममा शतक रक्तदाता सहित ४ जनालाई सम्मान

जानकीको रक्तदान कार्यक्रममा शतक रक्तदाता सहित ४ जनालाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ जेठ – बाँकेको जानकी गाउँपालिका बेलहरीको गुरुवागाउँमा जेष्ठ १० गते आइतवार रक्तदान कार्यक्रममा समाजसेवी, शिक्षक, जनप्रतिनिधि लगायतले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल -१०८ पटक) कोषाध्यक्ष मनमोहन वर्मा -४२ पटक) लाई सम्मान गरिएको छ । जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीको आर्थिक सहयोगमा नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको समन्वयमा २ महिला सहित २० जनाले रक्तदान गरेका छन् । नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेका सचिव राजन वर्माद्वारा सञ्चालित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीका वडाध्यक्ष टिकान...
शिक्षक शिक्षिकाका लागि क्षयरोग सम्बन्धी अन्तरक्रिया

शिक्षक शिक्षिकाका लागि क्षयरोग सम्बन्धी अन्तरक्रिया

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ जेठ – नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा १ दिने शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अन्तरक्रिया आईतवार नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिका मार्फत क्षयरोगको जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा नगर क्षेत्रका १६ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि.बी. फोकल पर्सन स्वास्थ्य अधिकृत विनोदकुमार वि.क.ले क्षयरोगको लक्षण, क्षयरोगीको उपचार पद्दती, क्षयरोगको प्रकार र वर्तमान अवस्थाको तथ्याङ्क सहितको प्रस्तुतीकरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा १२४ जना क्षयरोगीहरुले नियमित औषधी सेवन गरिरहेको बताउनु भयो । उक्त प्रस्तुतीकरण माथि टिप्पणी गर्दै नेपाल क्षयरोग निवारण संस्थ...