नेपालगन्ज क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया
नेपालगन्ज, २९ फागुन - भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ।
‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्माले ‘पेट–सिटी: ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा म...









