
सागर रावल
मितिः २०८१ चैत १५ गते, शुक्रबार
अछाम जिल्ला एक पहाडी दुर्गम र विकट जिल्ला भनेर चिनन्छ ! कर्णाली नदीको किनार सँगै जोडिएको र बझाङ बाजुरा, सुर्खेत, दैलेख, कालिकोटसंग नजिक रहेको अछाम जिल्लाको आफ्नै छुट्टै पहिचान छ । पहाडी र समतल भूभाग उच्च हिमाली फाँटहरुले सौन्दर्य देखिने अछाम आजभोलि धेरै चिसो र ओसिलो हावापानी सँगै उच्च हिमाली क्षेत्रमा तुसारो परेको हुन्छ । साना साना खोला नाला लगायतले आफ्नो गन्तव्य बोकेर हिँडेको हुन्छन् । रामारोशन ताल, जाल्पादेवी (साचुल्ला) मन्दिर, (पञ्चदेवल) वैजनाथ, यहाँका अधिकांश झरनाहरुले छुट्टै पहिचान बनाए पनि यहाँको राजनीतिक परिस्थितिले ओझेलमा परेको छन् ।
नेपालको राष्ट्रिय सम्पदामा सूचीकृत र पर्यटकीय स्थलको रूपमा परिचित रामारोशन ताल अझै पहिले कै गतिमा छ । दुई दशक लामो राजनीतिक भाषणहरुमा रामारोशन तालको संरक्षण र सम्बर्धनमा विकासै विकासको फड्को मार्ने भनेर भोट पचाउँदै राजधानी छिरिसकेका थुप्रै सांसद र मेयर पदमा विजयी भएर गइसके, तर अहिले सम्म दुर्गन्ध पानीमा र फोहोर मैलो को थुप्रो मात्र रामारोशन तालको वास्तविक एना छर्लंग उतारिएको छ ।
अर्को पञ्चदेवल विनायक नगरपालिकामा अवस्थित (पञ्चदेवल) जुन अक्षय मल्लको शासनकालमा स्थापित पाँच देवल निर्माण गरिएको थिय,जुन काल्पनिक अहिले पनि देख्न सकिन्छ । तर त्यसको निर्माण र सरंक्षणको लागि नगरपालिकाले अहिले सम्म सिंको भाँच्न सकेको छैन, एउटा पैसो समेत नगरपालिकाको बजेट बाट परेको छैन तर जनता संग पञ्चदेवलको सुनौलो भविष्यको योजना र पहिचान बनाउने भनेर भोट पचाउँदै राजधानी होमिएको नेता अर्को चोटि फर्कन सकेको छैन । यहाँको वास्तविक अर्को एना गाउँमा बजार व्यवस्थापन अझै हुन सकेको छैन, धेरै टाढा टाढा बाट पानी भएको ठाउँमा आएर अझै पानी घट्टको सहायताले मकै, गहुँ पिनेर खाने चलन छ । जनसंख्याको चाप त्यति धेरै नभएपनि गाउँमा बिरामी हुँदा आवत जावतमा कठिनाई भोगिरहनु परेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात सबै कुराले अझै सुस्त गतिमा ओझेलमा रहेको छ । खोक्रो राजनीतिले जनतालाई मुखेले बोलेर झुटको खेती गरिएको देखिन्छ । पञ्चदेवल विनायक नगरपालिकामा सामाजिक सुरक्षा भत्ता उपलब्ध हुन करिब आठ महिना कुर्नु पर्छ, वृद्धवृद्धाहरुलाई अझै करिब दुई तीन दिन लगाएर दुःख पाउनु पर्छ । कुनै वास्ता नगरपालिकाले गर्छ न वडा सरकार एक्लैले केही गर्ने सक्ने अवस्था छैन गाउँको उत्पादन जनशक्ति देश बाहिर हुन्छ । गाउँमा मलामी जाने समेत युवा भेटिदैन अहिले समयमा न गाउँमा युवा छ न रोजगार, प्रधानमन्त्री रोजगार सेवा, कार्यान्वयन भएपनि जनताले सुकुन पाएको छैनन् । प्रत्येक वडाहरुमा विद्यालयको जन स्तरको लागि र विद्यार्थीको सुनौलो भविष्यको लागि अझै न फर्नीचर सेवा, न शिक्षकहरुको पदपूर्ति समेत आफ्नो पार्टी र मान्छे हेरेर निर्धारित गर्ने चलन देखिन्छ ।
पञ्चदेवल विनायक नगरपालिका, कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकामा सबै भन्दा बढी यो समस्याले धेरै घटना घटेको छन् । जिल्लाको सदरमुकाम देखि टाढा भएको कारण घण्टौंको यात्रा पछि जिल्ला अस्पताल पुग्न सकिन्छ । हिउँदको समयमा गाडीको जुवाड गरेर लगिन्छ भने, वर्षाको समयमा स्ट्टेचर र डोकोको भरमा बोक्नु पर्ने वाध्यता छ । पञ्चदेवल विनायक नगरपालिको, ९ओटै वडाहरुमा पनि पहाडी भूभागको भू बनावटले घेरीएको हुँदा नगरपालिकाको कार्यालय सम्म आउन कठिन छ । गाउँमा सडक खनिएको छन् । तर सञ्चालन गर्ने दुई वर्ष समेत लगाउने वातावरण हुन्छ, गाउँको झिनो बजेट समेत भ्रष्टचारको विगोमा मुछिएको हुन्छ । गाउँमा पानीको सुविधा उपलब्ध छ, तरकारी खेती फस्टाएको हुन्छ, न किनमेल गर्ने बाताबरण छ,न स्रोत नेपाल सरकारले गत वर्ष अगावै राष्ट्रिय लाइनको व्यवस्था गरेर अछामको सबै क्षेत्रहरूमा राष्ट्रिय लाइन प्रसारणको भूमिका निर्वाह गरेको थियो तर नगरपालिकाको लापरबाहीले गर्दा अझै उस्तै अवस्थामा रहेको देख्न सकिन्छ । असल नेतृत्वको खोजी न समाजले गर्ने सक्यो न नेतृत्वको गर्नेले भूमिका निभाउन सके जनताको वास्तविक जीवन अझै यही गतीमा रहिरहने हो भने अछामको विकास स्तर कहिले उकालो गतिमा अघि बढ्न सकिँदैन ।