महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या
काठमाण्डौ, २८ असोज – भारतको महाराष्ट्रका अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ ।
शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए । मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए ।
पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन् । झण्डै ४८ वर्षदेखि कांग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए । बाबा सिद्दिकीले १६–१७ वर्षको उमेरदेखिनै कांग्रेसमा काम गर्न थालेका थिए । १९९२ र १९९७ मा, बाबा सिद्दीकी कांग्रेसको ...









