अमेरिकाले भारतको धार्मिक स्वतन्त्रतामा प्रश्न उठाएपछी भारतीय विदेश मन्त्रालयले दियो मुखभरीको जवाफ !
काठमाण्डौ, १९ असोज – अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर फेरि एकपटक प्रश्न उठाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ) ले भारतमा धार्मिक स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारतविरुद्ध चालिएको कदमबारे अप्रत्यक्ष रूपमा उल्लेख गरेको छ।
भारतलाई दबाब दिने अमेरिकाको रणनीति
विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच वाशिंगटनमा भएको द्विपक्षीय आधिकारिक बैठकको केही घण्टापछि यो प्रतिवेदन जारी गरिएको हो। विज्ञहरूले यो मध्यकालीन प्रतिवेदन, यसको भाषा र समय (भारतीय विदेशमन्त्री अमेरिकामा हुँदा)लाई पछिल्ला महिनाहरूमा भारतलाई दबाब दिने रणनीतिका रूपमा हेरिरहेका छन् ।
अमेरिकाको रणनीतिक साझेदारी
भारतले कडा प्रतिक्रिया दिँदै पक्षपातपूर्ण र राजनीतिक एजेन्डा चलाउनुको सट्टा यो संस्थाले अमेरिकामा मानवअधिकारका मुद्द...









