लामो समयदेखिको चिनियाँ अर्थतन्त्रको मन्दीलाई रोक्न बेइजिङ असफल
काठमाण्डौ, २८ असोज – बेइजिङले लामो समयदेखिको मन्दीलाई रोक्न धेरै उपायहरू गरे पनि चीनको अर्थतन्त्र पुनर्जीवित हुन सकेको छैन । ब्याजदर कटौतीदेखि सरकारी खर्च बढाउने र पुराना गाडी बदल्न जनतालाई प्रोत्साहन गर्न विद्युतीय सवारीमा दोब्बर अनुदान दिने जस्ता उपभोक्ताको विश्वास जगाउने प्रयास गरिएको छ । बरु डम्पिङको प्रयासलाई रोक्न धेरै देशहरूले विद्युतीय सवारीसाधन जस्ता चिनियाँ उत्पादनहरूमा आयात शुल्क लगाएकोले बेइजिङको परिदृश्यलाई थप जटिल बनाएको छ। अक्टोबर १ मा चीनको ७५ औँ राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपति सी जिनपिङले देशको लागि अगाडिको बाटो आँधीबेहरी हुनसक्छ भनेर चेतावनी दिनु अचम्मको कुरा होइन।
चिनियाँ अर्थतन्त्रको दोहोरो अंकको वृद्धिको कथा अहिले लोककथा बनेको छ। सन् २०२४ को दोस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको छ भने पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि भएको छ। अ...









