काठमाण्डौ, २३ असोज – भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टीले अग्रता लिॅदै जीततर्फ उन्मुख रहेको छ । ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार बिजेपीले ५१ सिटमा अग्रता लिएको छ त्यस्तै भारतीय नेशनल कांग्रेसले ३४ सिटमा अग्रता लिएको छ भने अन्य ५ सिटमा अगाडी रहेका छन् ।
अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ । यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।
त्यस्तै जम्मु कश्मिरमा कांग्रेस नेतृत्वको गठबन्धनले ४८ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी २९ सिटमा अगाडी रहेको छ ।
त्यस्तै पिडिपी ३ र अन्य १० सिटमा अगाडी रहेका छन् । ९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो । नेपाल पाना