Tuesday, October 22सत्यम खबर
Shadow

राजनीति

इजरायली आक्रमणमा गाजामा ३३ जना मारिए

इजरायली आक्रमणमा गाजामा ३३ जना मारिए

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ कार्तिक – इजरायली सेनाले गाजास्थित शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जनाको ज्यान गएको छ । गाजास्थित हमास प्रशासनका अनुसार मारिनेमा २१ जना महिला छन् । ८५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।   मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढी भएको हमासले जनाएको छ । पछिल्ला आक्रमणका कारण उत्तरी गाजामा दूरसञ्चार र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ । बाक्लो जनघनत्व रहेको जबलिया क्षेत्रलाई केही सातादेखि इजरायली फौजले घेराबन्दी गरिरहेको छ । करिब दुई साताका लागि पुग्ने खाना र पानीसहित करिब चार लाख मानिस शिविरभित्र थुनिएको बताइएको छ । पछिल्लो आक्रमणमबारे इजरायलले भने कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली आक्रमणमा केही दिनअघि हमास प्रमुख याह्या सिनवार मारिएपछि गाजामा युद्ध रोकिने अनुमान गरिएको थियो । तर हमासका उपनेताले इजरायललाई कडा जवाफ दिने बताएका छन्...
मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ। अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत जनाएको छ। अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्। आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्। चेतावनी युक्त पत्रका बाबजुद इजरायललाई अमेरिकाको सैन्य सहयोग भने यथावत नै राखेको छ। अमेरिकी रक्षा अधिकारीले सो पत्रले इजरायललाई केही असर पक्कै गर्नेछ।   तस्बिरः बीबीसी य...
हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – इजरायलले मङ्गलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ । इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि युएभी कमान्डरको मृत्यु भएको हो । युएभी एकाईले हिजबुल्लाह समूहको मानवरहित विमानको अनुगमन गर्दछ । मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल–अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो । इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कहाँ र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन । ‘बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण यूएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ । इजरायली सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन ...
गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन् । अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन् । उनले अक्ट...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन् । उनको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरू मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन्। हसिनाविरूद्धको मुद्दाको पक्षमा बहस तथा पैरवी गरिरहेका अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना पदच्युत भएको दिनलाई ‘उल्लेखनीय दिन’ का रूपमा उल्लेख गरे। हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्याहरू गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ। ...
क्यानडाको पछिल्लो क्रियाकलापप्रति भारत आक्रोशित, कडा कदम चाल्ने तयारी!

क्यानडाको पछिल्लो क्रियाकलापप्रति भारत आक्रोशित, कडा कदम चाल्ने तयारी!

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ। सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशंकाको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।' सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए। उनलाई भारतीय अधिकारीहरूले आतंकवाद र हत्याको षड...
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका राष्ट्रपति लाइ चिङ-टे विरुद्ध सैन्य अभ्यासलाई दण्डात्मक कारबाही भएको बेइजिङले बताएको छ । यो अभ्यास ताइवानको राष्ट्रिय दिवसको चार दिनपछि भएको थियो । राष्ट्रिय दिवसमा आफ्नो सम्बोधनमा राष्ट्रपति लाइ चिङ-तेले चीनलाई ताइवानको प्रतिनिधित्व गर्ने अधिकार नभएको बताए । उनले मर्जर वा अतिक्रमणको सधैं विरोध गर्ने बताए । चीनको ताइवान मामिला कार्यालयले एक विज्ञप्तिमा लाइ चिङ-टेको स्वतन्त्र ताइवानको झुटो दाबीको लागि यो कडा सजाय भएको बताएको छ । उही समयमा, त...
भारतद्वारा क्यानडाका ६ कूटनीतिज्ञ निष्काशित

भारतद्वारा क्यानडाका ६ कूटनीतिज्ञ निष्काशित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको छ । अर्कोतर्फ क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई देश छाड्न भनेको छ । यसअघि भारतीय विदेश मन्त्रालयले क्यानडास्थित आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मालाई पनि फिर्ता बोलाएको थियो । ट्रुडो सरकारले आइतवार पठाएको पत्रपछि यो कारबाही भएको हो । यसमा भारतीय उच्चायुक्त र केही अन्य कूटनीतिज्ञलाई क्यानडेली नागरिकको हत्यामा शंकास्पद नाम दिइएको थियो । क्यानेडियन नागरिकको बारेमा जानकारी दिइएको छैन, तर यसलाई खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यासँग जोडिएको छ । त्यसको एक दिनपछि सोमबार साँझ ६ बजे भारतले कडा आलोचना गर्दै क्यानडाका राजदूतलाई बोलाएर ‘क्यानडाले लगाएको आरोप निराधार भएको...
भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो । पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ । झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ । महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुदै छ । २८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ । त्यस्तै ८१ सद...
भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर केहीबेरअघि पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् । दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् । करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ । २००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० ...