Tuesday, June 30सत्यम खबर
Shadow

बिचार

ओली–दिल्ली सम्बन्धको एक चक्र पूरा

ओली–दिल्ली सम्बन्धको एक चक्र पूरा

बिचार
२०६९ वैशाख ३१, साँझ ५ बजे, एभरेस्ट होटलको सातौं तलामा लिफ्टबाट निस्कनासाथ सुरक्षाकर्मीको सरगर्मी देखियो । सामुन्ने ‘बगल्स एन्ड टाइगर्स’ को सिसाको ढोका ढप्काइएको थियो । भित्र पस्दा एउटा कुनामा तीन चार जना देखिए । एमाले नेता केपी ओलीसँग आँखा जुधिहाले । शिष्टाचारवश म नजिक पुगेँ । छेउमा पुग्दा एक जनाले उठेर ‘हेल्लो सुधीर जी, के छ हालखबर ?’ भन्दै हात बढाए । उनी थिए– पिटर जेपी हनामान, भारतीय दूतावासका मिनिस्टर ।सँगै रहेका पत्रकार विजयकुमार पाण्डे पनि त्यतैतिर आए । ओलीले त्यहाँ बसेका अपरिचितसँग हाम्रो परिचय गराए, ‘ही इज विजयकुमार पाण्डे, भेरी फेमस टेलिभिजन पर्सनालिटी इन नेपाल । एन्ड ही इज सुधीर शर्मा, नेपाल्स रेपुटेड जर्नलिस्ट… एडिटर अफ कान्तिपुर डेली ।’पिटरले थपे, ‘कान्तिपुर इज नेपाल्स लिडिङ डेली, सर ।’ती ‘सर’ले थाहा छ भनेजस्तो हाउभाउदेखाए । उठेर हात मिलाए, तर मुखबाट एक शब्द निकालेनन् । अ...
संक्रमणपछि नेपालमा पनि देखिँदैछ ‘लङ कोभिड’

संक्रमणपछि नेपालमा पनि देखिँदैछ ‘लङ कोभिड’

बिचार
एक महिलाले कोभिड–१९ को उपचार गरेको तीन साता (डिस्चार्ज पछि) पश्चात छाती भारी हुने, चामल केलाउँदा पनि एकदम थकान महसुस हुने, सास फेर्न अप्ठेरो, निन्द्रा राम्रो नलाग्ने भएर परामर्श लिन आउनु परेको बताउनुभएको थियो । डा. शेरबहादुर पुन अर्का एक युवाले कोरोना संक्रमण निको भएपछि पनि जिउ तातेजस्तो हुने तर ज्वरो नाप्दा नदेखिने, अति थकित हुँदा एक तल्ला माथि चढ्न पनि अप्ठेरो हुने, छाती भारी हुने, बिर्सेजस्तो हुने अनुभव सुनाएका थिए ।यी त केही प्रतिनिधि पात्रमात्र हुन् । यस्ता समस्या भएकाको संख्या दिन–प्रतिदिन बढ्दै गएको देखिन्छ । यो पंक्तिकारसँग कोभिड–१९ उपचार गरिसकेका व्यक्तिले यस्ता समस्या र अनुभव नियमित सुनाइरहेका हुन्छन् । हाल उपचाररत् कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा निकट भविष्यमा उपचारपश्चात वा भाइरसमुक्त भएपछि पनि यस्ता स्वास्थ समस्या देखिनेरथपिने क्रम जारी रहनेमा दुई मत देखिँ...
छोरो मान्छे भएर रून्छन् ?

छोरो मान्छे भएर रून्छन् ?

बिचार
एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए । त्यहाँ एक जना महिला सुतेकी थिइन् ।उनलाई बेथा लाग्न थालिसकेको थियो । आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ ।’उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो । उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ । महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो । लाइटको प्रकाश यताउता हुन्थ्यो । त्यसको केही घन्टामा बच्चा जन्मियो । घन्टौंको उनको पीडादायी रुवाइ रोकियो । शान्त हुँदै गर्दा उनले कोही रोएको आवाज पर्खिइन् ।बच्चा रोएन । सुरज सुवेदी मलाई जन्मिएको बच्चा रूनुपर्छ भन्ने थाहा थिएन । आमाले आत्तिँदै भर्खरै जन्मिएको बच्चालाई हातमा लिएर यताउता हल्लाउनुभयो । बच्चारोएन । सबैतिर चकमन्न भयो । आमाले उसलाई रूवाउने चेष्टा गर्दै एक हातले उसका दुवै खुट्टा समाएर मुन्टो उँधो पारेर झुन्ड्याउन...
“सत्तामा बसेकाले अख्तियारलाई प्रभावमा पार्न शक्ति प्रयोग गर्छन्”

“सत्तामा बसेकाले अख्तियारलाई प्रभावमा पार्न शक्ति प्रयोग गर्छन्”

बिचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना पञ्चायत कालमा २०३४ सालमा भएको हो । भ्रष्टाचार भएको जनगुनासो बढेपछि यो संस्था स्थापना गरिएको हो ।२०३६ साल अघि अख्तियारले भ्रष्टाचारको एउटा ठूलो मुद्दामा हात हाल्यो । कार्पेट काण्ड भनेर चिनिने उक्त प्रकरणमा सरकारका धेरै सचिवहरू ठाउँको ठाउँ पक्राउ ग¥यो । यो प्रकरण त्यतिबेला निकै चर्चित भयो । सूर्यनाथ उपाध्याय त्यतिबेला अख्तियारले आफैं मुद्दा लगाउने र आफैं फैसला गर्ने गर्दथ्यो । उसले भ्रष्टाचारी ठहर गरेका धेरैलाई पछि अदालतले सफाइ दियो । त्यो बेला कसलाई सजाय गर्ने कसलाई नगर्ने राजाको हातको कुरा थियो ।अख्तियारको पहिलो कदममै ढुंगा लागेजस्तो भयो । त्यसपछि काम गर्न सकेन ।२०४६ सालको जनआन्दोलनपछि बनेको संविधानले अख्तियारलाई कायम राख्यो । तर यसको निर्णय गर्ने अधिकार भने खोस्यो । यसलाई भ्रष्टाचारको अनुसन्धान गर्ने संस्था बनाइयो । हुन त त्यतिखेर भ्रष्टाचा...
हाम्रो मुलुकमा रहेका सेनाहरुको गुल्महरु, गणहरु, पृतनाहरु र जंगीअड्डा भद्रकालीका सेनाहरुलाई संयुक्त खुल्ला पत्र

हाम्रो मुलुकमा रहेका सेनाहरुको गुल्महरु, गणहरु, पृतनाहरु र जंगीअड्डा भद्रकालीका सेनाहरुलाई संयुक्त खुल्ला पत्र

बिचार, शिक्षा/स्वास्थ्य, समाज
सेनाहरु सँग मेरो अनुरोध छ हाम्रो मुलुकका राजनीतिक दलहरुका शीर्ष नेताहरू मुलुक हाँक्न असफल भइ सकेका छन । हाम्रो मुलुकका प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरुको कारण नेपाली नागरिकहरुलाई बाच्न गाह्रो हुन लाग्यो । मुलुकमा समस्याहरु दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्ने कुराहरू अवगत गराउन चाहान्छु । मुलुकमा राजनीतिक दलहरूका शीर्ष नेताहरुको रवैया यस्तै रहने हो भने हाम्रो मुलुक नेपाल हाइटी, सोमालिया, अफगानिस्तान र रुवान्डा आदि आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन । सेनाहरुले पछि पछुतो मानेर काम छैन । राकेश कुमार शर्मा अब सेनाहरु परवेज मुसर्रफ, वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर, किम जोंग र माली मुलुकको सेनाहरु जस्तै बन्ने समय तत्काल आइसकेको छ । निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न ख...
स्थानीय सरकारका तीन वर्षः आश गर्ने ठाउँ छ है !

स्थानीय सरकारका तीन वर्षः आश गर्ने ठाउँ छ है !

बिचार, राजनीति
२०७४ असोज २ सम्पन्न निर्वाचनलाई अन्तिम चरण मान्दा संघीय प्रणाली अन्तर्गत सबै स्थानीय सरकारले स्थानीय शासनको कार्यभार सम्हालेको तीन वर्ष पूरा भएको छ । तीन वर्ष समयावधि कार्यसम्पादनका हिसाबले कम होइन । महेश पराजुली स्थानीय सरकारका कामकारबाहीका बारेमा आलोचना तथा प्रशंसा दुवै छन् । केही ‘निराशावादी’ ले भन्ने गरे जस्तो स्थानीय तहमा सबै बिग्रिएको पक्कै होइन । तर सबै राम्रो पनि भएको अवश्य छैन ।७५३ स्थानीय सरकारहरूमा केही अब्बल देखिएका छन् त केहीको अवस्था दयनीय छ, दुर्बल छ ।वैज्ञानिक विधिमा आधारित भई यति धेरै स्थानीय सरकारको कार्यसम्पादनको वस्तुनिष्ठ मूल्यांकन गर्न समय र श्रम दुवै चाहिन्छ जुन संस्थागत रूपमै हुनुपर्छ । यस अर्थमा यो लेख विगत तीन वर्षको सामान्य समीक्षा मात्रै हो ।सर्वप्रथमतः एउटा राज्यले स्थानीय सरकारसँग के अपेक्षा राखेको हुन्छ त ? यसबारे कुरा गरौं ।स्थानीय सरकारहरू जनतानजिक रह...
यस्तै हो त राष्ट्रिय सभा ?

यस्तै हो त राष्ट्रिय सभा ?

बिचार
नगेन्द्रराज पौडेलनेपालको संविधान २०७२ ले संघीय व्यवस्थापिकालाई दुई तहमा बाँडेको छ ।प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको एक संघीय व्यवस्थापिका हुने र यसलाई संघीय संसद भनिनेछ भनेर संविधानको धारा ८३ मा लेखिएको छ । नगेन्द्रराज पौडेल समग्र नेपाललाई १६५ क्षेत्रमा विभाजन गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम १६५ जना र समग्र नेपाललाई एक निर्वाचन क्षेत्र मानी समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने (समानुपातिक) सदस्य ११० गरी कुल २७५ जना सदस्य रहने प्रतिनिधि सभाको व्यवस्था छ । यसलाई तल्लो सदन भनिएको छ ।माथिल्लो सदनका रूपमा एउटा प्रदेशबाट ८ जनाका दरले सात प्रदेशबाट ५६ जना निर्वाचनबाट र नेपाल सरकार (मन्त्रिपरिषद) को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने ३ जना गरी जम्मा ५९ जना सदस्यसहितको राष्ट्रिय सभाको परिकल्पना संविधानले गरेको छ । यो सभालाई स्थायी सदनका रूपमा लिइन्छ ।यिनीह...
खल्तीबाट नियुक्ति गरेपछि कसरी हुन्छ सुशासन !

खल्तीबाट नियुक्ति गरेपछि कसरी हुन्छ सुशासन !

बिचार, श्रम/रोजगार, समाज
हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्तिको सन्दर्भ विवादमा आयो । अढाई दशकदेखि विभिन्न सार्वजनिक पदमा रहँदै आएका नेताको नातेदार व्यक्ति उक्त पदका लागि सबभन्दा योग्य हुन वा नहुन सक्ने दुवै अवस्था थियो । – शंकरप्रसाद अधिकारी स्वतन्त्र, निष्पक्ष र पारदर्शी विधि तथा संयन्त्रले योग्यता परीक्षण गर्ने पद्धति नहुँदा योग्यता परीक्षण हुन पाएन । यदि उनी सबभन्दा योग्य थिए भने विवादले उनलाई निश्चय पनि अन्याय भयो ।पद्धति हुन्थ्यो भने न्यूनतम योग्यता र अनुभवसहित दरखास्त दिन सार्वजनिक सूचना जारी हुन्थ्यो । त्यस्तो योग्यता र अनुभव भएका इच्छुकले दरखास्त दिन्थे । योग्यता परीक्षणका लागि लिखित वा व्यवसायिक योजनाको प्रस्तुति वा अन्तर्वार्तामध्ये सबै वा कुनै विधिबाट योग्यता परीक्षण हुन्थ्यो । त्यस्तो परीक्षणले सबभन्दा योग्यको नाम सिफारिस गर्थ्यो । यसरी परीक्षणबाट सर्वोत्कृष्ट भएको व्यक्ति जुनसुकै नेता...
कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

बिचार, शिक्षा/स्वास्थ्य, समाज
सदीक्षा मुलेपतिपूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ । कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ । दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ । फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल–बच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ । व्यायामका फाइदाड्ड रोग प्रतिरोधात्मक क्षमता बढाउनेड्ड अंग(प्रत्यंग सक्रिय र बलियो राख्नेड्ड मनोवैज्ञानिक सन्तुलन कायम राख्नेड्ड तनावमुक्त बनाई राम्रो निद्रा लाग्नेड्ड आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्नेकेही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन कोभिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन् ।शारीरिक व्यायाम ः मांसपेस...
कोरोनाले बढ्ने गरिबी घटाउन गर्नुपर्ने ३ काम

कोरोनाले बढ्ने गरिबी घटाउन गर्नुपर्ने ३ काम

बिचार, शिक्षा/स्वास्थ्य, समाज
लकडाउन खुकुलो भएका बेला काम विशेषले कतै जानु पर्ने भयो । हिँडेर जान सम्भव नभएकाले कोरोना सर्ने सम्भावना हुँदाहुँदै ट्याक्सीमा जाने निधो गरेँ र शंखमुल चोकमा एउटा ट्याक्सी चढेँ । ट्याक्सी ड्राइभर यात्रुसँग गफ गर्न रमाउने खालका रहेछन् । उनी कुरा गर्न थाले । दधि अधिकारी ‘सर, कोरोनाले त हामीलाई सिध्याउने भयो ।’‘किन ? तपाईंलाई कोरोना देखियो र ?’‘होइन सर, कोरोनासँग त लडिन्थ्यो होला । तर हामी जस्ता गरिखाने मानिस खान नपाएरै मरिने भैयो । आज तपाईं पहिलो ग्राहक हो । बिहान ६ बजे निस्केको, १२ बजे पहिलो ग्राहक भेटिनुभयो । साँझसम्म अर्को एक जना भेटिएला । ५०० रूपैयाँले खानु कि तेल हाल्नु कि साहुलाई तिर्नु ?’‘अनि तपाईंको घर कहाँ नि ?’‘काभ्रे हो सर ।’‘अनि गाउँमा जग्गा–जमिन छ ?’‘अलिकति छ सर ।’अर्थशास्त्री, त्यो पनि श्रोत अर्थशास्त्र पढेको भएर म उपदेश दिन थालेँ ।‘ए त्यसो भए त गाउँ जाने, तरकारी खेती गर्ने...