साताको एक दिन ब्रत बसौं
            – डा अरुणा उप्रेती
‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो । आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।यो गीतमा धेरैले आ–आफ्नै राय दिए । तीजको ब्रतबारे बेग्लै बहस होला ।म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला–पुरुष दुवैलाई भन्छु– हरेक साता ब्रत बसौं प्लिज ।यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन । गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन । न गरिबीका कारण ‘स्वत’ ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो ।यो तपाईं–हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो ।विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ । यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन । हरेक जात र विश्वासअनुसार कसैले ल...        
        
    
                            
