Monday, March 9सत्यम खबर
Shadow

हाम्रो मुलुकमा रहेका सेनाहरुको गुल्महरु, गणहरु, पृतनाहरु र जंगीअड्डा भद्रकालीका सेनाहरुलाई संयुक्त खुल्ला पत्र

सेनाहरु सँग मेरो अनुरोध छ हाम्रो मुलुकका राजनीतिक दलहरुका शीर्ष नेताहरू मुलुक हाँक्न असफल भइ सकेका छन । हाम्रो मुलुकका प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरुको कारण नेपाली नागरिकहरुलाई बाच्न गाह्रो हुन लाग्यो । मुलुकमा समस्याहरु दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्ने कुराहरू अवगत गराउन चाहान्छु । मुलुकमा राजनीतिक दलहरूका शीर्ष नेताहरुको रवैया यस्तै रहने हो भने हाम्रो मुलुक नेपाल हाइटी, सोमालिया, अफगानिस्तान र रुवान्डा आदि आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन । सेनाहरुले पछि पछुतो मानेर काम छैन ।

राकेश कुमार शर्मा

अब सेनाहरु परवेज मुसर्रफ, वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर, किम जोंग र माली मुलुकको सेनाहरु जस्तै बन्ने समय तत्काल आइसकेको छ । निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी, अवसरवादी गद्दार, राष्ट्रको अहित चाहने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएका सांसदहरु र नेताहरुलाई कार्वाही गरी सबैको सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकासमा लगाउनुपर्छ । यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकडी र गुलामी गर्ने अवसरवादीहरु नै हुन ।

राकेश कुमार शर्मा

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ । विक्रम सम्वत २०६२ र०६३ साल पछि प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

हाम्रो मुलुकमा माली मुलुकका सेनाहरु, परवेज मुसर्रफ, वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग जस्ता आँट, साहस र हिम्मत गर्न सक्ने सेनाहरु, शासकहरु र नागरिकहरु कोही पनि छैनन क्या हो ? यदि छन भने राष्ट्रघाती र गद्दार नेताहरू बाट मुलुकलाई जोगाउनु पर्ने अवस्था छ ।

राकेश कुमार शर्मा

विक्रम सम्वत २०६२ र०६३ साल पछि संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुक ढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ । आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी स्वास मात्र छ । प्राण जान मात्र बांकी छ । अन्तर्राष्ट्रिय मुलुकहरूमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषय वस्तु बन्न पुगेको छ ।

सेनाहरुले टुलुटुलु बसेर हुंदैन । पन्चायत कालमा १३३ जना सांसदहरु हुंदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुंदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ । संघीयता प्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख , राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरू , ८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो । हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुरहरुको नामले पनि चिनिन्छ । हाम्रो मुलुकका वीर गोर्खाली र वीर बहादुरहरु कता गए कता हराए ? यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन । आए परेको बाधा अड्चन हरुलाई सजिलो संग व्यहोर्नु परे व्यहोरथें । सेनाहरुलाई यो कुरा म चुनौतीका साथ भन्दछु ।

राष्ट्रिय सभा के का लागी हो र राष्ट्रिय सभामा कस्ता कस्ता व्यक्तिहरुलाई ल्याउनुपर्छ भन्ने ज्ञान समेत छैन ।
प्रतिनिधि सभा निर्वाचनमा हारेको व्यक्तिहरुलाई समेत राष्ट्रिय सभामा लगिन्छ भने अर्बौं रुपैया खर्च गरेर निर्वाचन गराएको ओचित्य के ? निर्वाचनमा कर्मचारीहरु, सेनाहरु, प्रहरीहरु र सशस्त्र प्रहरीहरु र नागरिकहरु सबैको कर, भ्याट र राजस्व दुरुपयोग भएको अवस्था छ । मुलुकको हितका लागि सोच्ने हो भने यसरी निर्वाचनमा हारेको व्यक्तिहरुलाई ल्याउनु भन्दा निर्वाचन गराउनुको सट्टा टीका लगाएर ल्याउनु बेस किनभने निर्वाचनमा लाग्ने खर्च अर्थात राज्यकोष ढुकुटीको बचत हुन्छ ।

विक्रम सम्वत २०६२र०६३ सालपछि नेपालमा जताततै अराजकता, विकृति, बेथिति र मनपरि मौलाएको छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जतिसक्दो लुटने काम भएको छ । कालमार्क्स, लेनिन, स्टालिन, पुटिन र माओसेतुङ सर्वहारा वर्गको नेतृत्व गर्ने वास्तविक र सच्चा कम्युनिस्टहरु हुन । हाम्रो मुलुकका कम्युनिस्टहरु यिनीहरूको नाम बेचेर लुटने कम्युनिस्टहरु हुन ।

विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधानले कसैको पनि हित र भलो गर्दैन कालो संविधान अर्थात असोज ०३ गते कालो दिन हो । यो संविधानको कुनै अर्थ पनि छैन संविधान निर्माण गर्नेहरू अर्थात प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका शीर्ष नेताहरूबाट नै संविधान मिच्ने कार्य भएको छ । यसकारण सेनाहरु संग मेरो अनुरोध छ की मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरी पनि बन्न सक्छ ।

सेनाहरुले बुझ्नुपर्ने कुरा अमेरिकाको डोनाल्ड ट्रम्प, चाइनाको सी जीं पिंग, जापानको शिन्जो आबे र भारतको नरेन्द्र मोदी, राहुल गाँधी आदि आदि जस्ता नेताहरू हाम्रो मुलुकमा भइ दिएको भए सेनाहरुले समर्थन गर्न उचित पनि थियो । तर हाम्रो मुलुकका नेताहरू विश्वासघाती र धोखेबाज छन । सेनाहरुले नैतिकता र इमानदारिता नभएका विश्वासघाती हरुलाई समर्थन गर्नु हुँदैन । यसकारण सेनाहरुले शासन सत्ता कब्जा गरी मुलुकमा सैनिक शासन लागु अर्थात नागरिक सरकार गठन गर्नुपर्छ अर्थात राजपरिवार हरुलाई भएपनि सहयोग गर्नुपर्ने परिस्थिति छ । सेनाहरुले मुलुकको हितमा यी तीन मध्य एउटा कार्य गर्नुपर्ने अवस्था छ ।

मेरो समझमा यो कुरा आइरहेको छैन सेनाहरुलाई अघि बढन बाधा, अडचन र समस्या के छ ? हालसालै माली मुलुकमा पनि मालीका सेनाहरुले शासन सत्ता कब्जा गरेको अवस्था हाम्रो मुलुकका सेनाहरुलाई थाहा नै छ । जापानको प्रधानमन्त्रीले पनि अस्वस्थका कारण म अब पदमा बसी रहन उचित छैन भनी राजीनामा दिए अन्तर्राष्ट्रिय मुलुकहरुमा यस्ता राम्रा नजीर हरु थुप्रै छन । हाम्रो मुलुकमा सत्ता लिप्सामा मात्र केन्द्रित भएको देखिन्छ । हाम्रो मुलुकका नेताहरूमा नैतिकता र इमानदारी पन कदापि छैन लाजमर्दो अवस्था छ । नेपाली नागरिकहरुले सेनाहरु प्रति धेरै आशा पनि राखेका छन । हाम्रो मुलुकका नागरिकहरुलाई थाहा नहोला बिर्से सके होलान तर मलाई थाहा छ द्वन्द्वकालमा माओवादीहरुले आफ्नो लडाकुको संख्या बढाएर नेपाली सेनाहरुको संगठनलाई नै ध्वस्त पार्ने र मुलुकलाई तहसनहस गर्ने घातक योजना थियो सेनाहरुले पुष्प कमल दाहाल र बाबुराम भट्टराई आदि आदि जस्ताहरुको गोप्य रहस्य फेला पारी लडाकुको संख्यालाई सीमित संख्यामा झारी सेनाहरुले मुलुकलाई जोगाए । हुन त नेपाली नागरिकहरु बैगुनी छन । नेपाली नागरिकहरुले सेनाहरुको जय जयकार सम्म गरेनन ।

सेनाहरुलाई आफै अघि बढन केही बाधा, अडचन, समस्या र अप्ठ्यारो छ भने राजा ज्ञानेन्द्र शाह अर्थात युवराज्ञी हिमानी शाह अर्थात नवयुवराज हृदयेन्द्र शाह मध्य एक जनालाई सहयोग गरी फेरि पनि सेनाहरुले मुलुकको हितका लागि तत्काल कदम चाल्नुपर्ने अवस्था देखेको छु र सेनाहरुलाई मेरो अनुरोध छ ।

(स्वतन्त्र नेपाली नागरीक, जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–०२, सम्पर्क नं.ः ९८४८०५५७७६, ९८१२४९१३९७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *