प्रधानमन्त्री ओलीको साहसिक कदम
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रकै केही नेताहरु जनअपेक्षा विपरीत कार्य गर्दै देशको लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खसाउन विभिन्न षडयन्त्रहरु गर्न थालेपछि प्रमले बाध्यतावश प्रतिनिधि सभा विघटन गरेको यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनाव वैशाखमा गर्ने घोषणा गरेपछि अहिले नेकपा भित्र नै महाभूकम्प आएको छ । उनीको यस्तो निर्णयलाई साहसिक निर्णय भन्न सकिन्छ ।
विद्रोही
विगतको निर्वाचनमा पार्टी एकता गराउने, चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका केपी शर्मा ओली नेकपाका केही नेताको लागि अहिले खलनायक जस्तो बनेका छन् । ओली उनीको लागि खलनायक किन बने यस सम्बन्धमा बुझ्ने प्रयास गरियो भने पाइन्छ कि जब केपी शर्मा ओली प्रधानमन्त्री बने त्यस दिनदेखि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो घेरामा लिन प्रयासरत रहे सुन काण्डदेखि निर्मला पन्त जस्तो दर्जनौं भ्रष...









