Tuesday, June 30सत्यम खबर
Shadow

बिचार

प्रधानमन्त्री ओलीको साहसिक कदम

प्रधानमन्त्री ओलीको साहसिक कदम

प्रदेश ५, बिचार, राजनीति
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रकै केही नेताहरु जनअपेक्षा विपरीत कार्य गर्दै देशको लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खसाउन विभिन्न षडयन्त्रहरु गर्न थालेपछि प्रमले बाध्यतावश प्रतिनिधि सभा विघटन गरेको यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनाव वैशाखमा गर्ने घोषणा गरेपछि अहिले नेकपा भित्र नै महाभूकम्प आएको छ । उनीको यस्तो निर्णयलाई साहसिक निर्णय भन्न सकिन्छ । विद्रोही विगतको निर्वाचनमा पार्टी एकता गराउने, चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका केपी शर्मा ओली नेकपाका केही नेताको लागि अहिले खलनायक जस्तो बनेका छन् । ओली उनीको लागि खलनायक किन बने यस सम्बन्धमा बुझ्ने प्रयास गरियो भने पाइन्छ कि जब केपी शर्मा ओली प्रधानमन्त्री बने त्यस दिनदेखि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो घेरामा लिन प्रयासरत रहे सुन काण्डदेखि निर्मला पन्त जस्तो दर्जनौं भ्रष...
नेम्वाङज्यू, तपाईंलाई म के भनेर सम्बोधन गरौं ?

नेम्वाङज्यू, तपाईंलाई म के भनेर सम्बोधन गरौं ?

बिचार
संविधानसभाका अध्यक्ष प्रिय सुवास नेम्वाङज्यू,संविधानसभाले संविधान जारी गरेको पाँच वर्ष बितेको छ । संविधान आएको केही समयपछि सिंहदरबारमा तपाईंलाई भेटेको थिएँ । तपाईंलाई पूर्वसभामुख भन्ने कि अलिक लामो सम्बोधन गर्दै संविधानसभाका पूर्वअध्यक्ष भन्ने, मलाई थोरै अलमल थियो ।‘के भनेर सम्बोधन गरौं ?’ मैले सोधेँ ।तपाईंले मुसुक्क हाँसेर भन्नुभयो, ‘अब संविधानसभाको अर्को अध्यक्ष हुन्न । त्यसैले म कहिल्यै भूतपूर्व हुन्नँ ।’ अमित ढकाल तपाईंको तर्क मलाई ठिकै लाग्यो । अमेरिकामा राष्ट्रपतिबाट अवकाश पाएपछि पनि ‘प्रेसिडेन्ट’ भनेरै सम्बोधन गर्छन् । त्यसैले अमेरिकामा अहिले ‘प्रेसिडेन्ट ट्रम्प’ मात्र छैनन्, प्रेसिडेन्ट ओबामा, प्रेसिडेन्ट बुस, प्रेसिडेन्ट क्लिन्टन पनि छन् ।हाम्रो संविधानसभा त झनै ऐतिहासिक हो । त्यसले ७० वर्षभन्दा लामो र कष्टपूर्ण आन्दोलनहरूको छिनोफानोका रूपमा गणतान्त्रिक संविधान जारी गरेको छ ...
उनीहरू न इन्डियन थिए, न नेपाली…

उनीहरू न इन्डियन थिए, न नेपाली…

बिचार
आफ्नै आँगनमा नाच्न, मातृभूमिमा बाँच्न कसलाई मन नलाग्दो हो ? आफ्नै पिँढीमा थकाइ मार्न, दुःखसुखले दुई छाक टार्न कसलाई इच्छा नहुँदो हो ।तर, गरिबी, अभाव र अज्ञानताले ती सबै इच्छा मार्दो रहेछ । आँगन, थातथलो र पिँढीबाट टाढा सार्दो रहेछ । देशका सीमा पनि तार्दोरहेछ । भारत वा कुनै खाडी मुलुक पुग्न मजबुर पार्दो रहेछ ।यसरी मजबुर हुने लाखौं नेपाली मजदुर छन् । अरू देश जानेको त हिसाब छ, भारत जानेकोछैन । सबभन्दा दयनीय अवस्था तिनकै छ । गोकर्णप्रसाद उपाध्याय अछामबाट भारत (बम्बई) जानेको संख्या ठूलो छ तर यकिन संख्या न स्थानीय तहसँग छ, न प्रदेशसँग । संघीय सरकारसँग पनि छैन । भारत जाने अछामीको संख्यामात्र होइन, दुःख पनि ठूलै छन् । तर, लुकाउनु परेको छ गुपचुप । उता चौकिदार यता आएर ‘वाचम्यान’ बन्नु परेको छ । उता भाँडा माझे पनि यता आएर ‘घरखाता’ भन्नु परेको छ । न कमाइ आकर्षक, न इज्जत ।तर पनि बम्बई नै सहारा छ, ...
सत्ताका ‘नायक’ हरूको भ्रम !

सत्ताका ‘नायक’ हरूको भ्रम !

बिचार
हिजो फेरि प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्तारूढ पार्टीका नेताले आफ्नै गृह जिल्लामा नै अवरोध सिर्जना गर्दै प्रहरी हस्तक्षेपमा केही समय हिरासतमा राख्दै पछि रिहा गरिएको समाचारले सामाजिक सञ्जाल तात्यो ।केही दिन अगाडि सत्तारूढ पार्टीकै (सत्ताका नजिक रहेका) कार्यकर्ताहरूले आफ्नै पार्टीका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेमाथि नाराबाजी गर्दै कार्यक्रम नै बिथोलिएका समाचारले स्थान पाएको थियो । शिवजी श्रेष्ठ अहिले नेपालका सत्ताका शिखरमा चढेका नेताहरूबीच जनताप्रति बेप्रवाह एकापसमा आफू आफू हानाथाप, आरोप–प्रत्यारोप र छिनाझिम्टी देखिँदा यी नेतामा एक किसिमको भ्रमले ठाउँ लिएको देखिन्छ ।यस्तो भ्रम कि म नै सबभन्दा ठूलो अनि शक्तिशाली हुँ, मैले जे गरेको छु, ठिक गरेको छु अर्थात् मैले जे गरे पनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ ।आफूबाहेक अरूले गरेको गतिविधि अपाच्य हुने,...
ल्याबमा रगत दिँदा सुईले घोचेको ठाउँमा निलो किन हुन्छ ?

ल्याबमा रगत दिँदा सुईले घोचेको ठाउँमा निलो किन हुन्छ ?

बिचार, शिक्षा/स्वास्थ्य
विभिन्न स्वास्थ्य समस्या पत्ता लगाउन रगत परीक्षण गरिन्छ । रगत निकालेको ठाउँमा कसैकसैको निलडाम बस्ने, डल्लो निस्कने गर्छ । त्यस्तो किनहुन्छ ? यस्तो हुन नदिन केके गर्न सकिन्छ ?सर्वप्रथम त रगत निकालेको ठाउँमा रातो हुन्छ। त्यसपछि निलो हुनसक्छ । त्यसपछि विस्तारै हरियो, पहेँलो हुँदै हराउँदै जान्छ ।किन निलो हुन्छ ? डा केयुर गौतम पहिलो त मानिसको नशा पातलो भएको या रगत तान्ने क्रममा नशा पत्ता लागेन र धेरै ठाउँमा घोच्नु प¥यो भने निलो हुने सम्भावना हुन्छ । अर्को कुरा रगत तान्ने क्रममा नशा ड्यामेज भयो भने हुनसक्छ ।रगत तानिसकेपछि त्यो ठाउँमा राम्रोसँग थिचिएन भने पनि निलो हुनसक्छ । त्यसबाहेक मिर्गौला, कलेजो हिमोफोलिया सम्बन्धी रोग छ वा रगत पातलो बनाउने औषधि खाइरहेको छ भने पनि निलो हुनसक्छ । रगत सम्बन्धी रोगहरु छ, जसमा रगत जम्न समस्या छ भने पनि निलो हुने सम्भावना हुन्छ ।यस्तो धेरैलाई हुन्छ । तपाईंमध...
जाडोमा बढ्दैछ कोरोनाबाट मृत्यु

जाडोमा बढ्दैछ कोरोनाबाट मृत्यु

बिचार, शिक्षा/स्वास्थ्य
कोरोना संक्रमितको मृत्युदरलाई विभिन्न माध्यम अपनाएर सकेसम्म कम गर्नु अहिलेको आवश्यकता हो । किनभने खोप उपलब्ध नभएसम्म यस्ता विकल्पहरू नै अपाउनु पर्ने हुन्छ ।केही दिनयता मृत्यु भएकाहरूको उमेर समूह हेर्ने हो भने ६० वर्ष भन्दामाथिकाहरू नै बढी छन् । र, तीमध्ये अधिकांश दीर्घ रोग भएका छन् । हाल संक्रमितमा लक्षण नदेखिए वा सामान्य अवस्था देखिए ‘होम आइसोलेसन’ बस्न भनिएको छ । डा. शेरबहादुर पुन परिवारको कुनै सदस्यलाई संक्रमण देखिए संक्रमितलाई अलग्गै कोठामा राखिने गरिन्छ । यदि परिवारका वृद्धवृद्धा संक्रमित भए उनीहरू पनि छुट्टै बस्नुपर्ने हुन्छ । तर, त्यसरी छुट्टै बस्दा उनीहरूले परिवारका सदस्यलाई आफूले भोगेको समस्या तुरुन्त बताउँदैनन् । यही अवस्थाबाट परिवारका ज्येष्ठ सदस्य र अरू सदस्यबीच ‘कम्युनिकेसन ग्याप’ सुरू हुन्छ ।कोरोना महामारीको सुरुवाती समयमा जो कोही संक्रमितलाई (लक्षणविहीन भए पनि) अस्पताल...
महिला सशक्तिकरणको पुनर्व्याख्या किन ?

महिला सशक्तिकरणको पुनर्व्याख्या किन ?

बिचार
अक्सफोर्ड डिक्सनरीले सशक्तिकरणलाई कुनै काम गर्न कसैलाई दिइने अख्तियार वा शक्ति भनेको छ । सशक्तिकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ ।यसरी हेर्दा महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने हुन आउँछ । त्यसो भए महिला सशक्तिकरण नै किन त ? पुरुष सशक्तिकरण भनेको त खासै सुनिँदैन । सावित्रा ढकाल महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको अवधारणा हो, पुरुषलाई यो संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ । पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन । सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् भन्ने विश्वास छ ।कहिलेकाहीँ मलाई महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ । यसले महिलाहरू अशक्त वा कमजोर छन् भन्ने मान्यता बोकेको छ । त्...
‘बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ’

‘बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ’

बिचार
आहै ! पूर्वैको मारुनी !हजुर पश्चिमैको बुरुङ्सेनसोधे है गीतांगेको गाउँ, ल है नसोधे है गीतांगेको गाउँबाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ… सृजना पोख्रेल २२ वर्षसम्म कसैले जित्न नसकेको मेरो निद्रालाई आजकल ‘नेटफ्लिक्स’ले औंलामा नचाउन थालेको छ । अस्ति ‘दि एन्ड अफ द फ***वर्ल्ड’ सिरिजका दुइटा ‘सिजन’ एकै रातमा हेरेर सकेँ । आँखा निद्रा नपाएको रिसले राता भइसकेका थिए ।निदाउन सजिलो हुन्छ कि भन्दै युट्युबमा ‘आज जाने की जिद ना करो’ गीत बजाएर ‘अटोप्ले’ मा छाडिदिएकी थिएँ । तेस्रो गीत आइपुगेपछि बीच्चमा युट्युबले आफैं एउटा नेपाली गीत बजाएछ । एक्कासि ‘दसैं दिक्पाल’ नाम गरेको भिडिओमा राजेशपायल राईको स्वर सुनियो ।बिहान उज्यालोले झ्याल छुनै लाग्दा बज्यो–बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ…गीत सुनिसक्दा, थाकेर निद्रा खोजेका मेरा आँखा रिसाएनन्, निद्रा खुल्छ कि जसरी रसाए ।लगभग चार वर्षकी ह...
के हामी नर्वेको मोडल नक्कल गर्न सक्छौं ?

के हामी नर्वेको मोडल नक्कल गर्न सक्छौं ?

बिचार
केही समयअघि मैले एउटा लेख लेखेको थिएँ– साझा पार्टी, हामीलाई चाहिएको कल्याणकारी राज्य कि समाज ?उक्त लेख मैले साझा पार्टीका नेताहरूले पोस्ट गरेको एउटा इन्फोग्राफिक्स अध्ययनपछि लेखेको थिएँ । त्यसमा साझा पार्टीको विचार–दर्शन कल्याणकारी लोकतन्त्र हो भनिएको थियो । थप भनिएको थियो– कल्याणकारी लोकतन्त्र भनेको लोकतन्त्रको बलियो जगमा कल्याणकारी राज्यको अभ्यास हो । कल्याणकारी राज्यमा गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व सरकारले बोक्छ । मुराहरि पराजुली साझाका यी कुरा भावनात्मक हुन् भन्दै मैले कल्याणकारी राज्य कम्तिमा पनि आर्थिक रुपमा चुनौतीपूर्ण छ भनेको थिएँ । केही पाठकले ‘स्क्यान्डनेभिया (नर्वे, डेनमार्क र स्विडेन) वा नर्डिक (नर्वे, डेनमार्क, स्विडेन, फिनल्यान्ड र आइसल्यान्ड) मा यो सफल छ भने हामी किन कल्याणकारी राज्य स्थापना गर्न सक्दैनौं ?’ भन्ने प्रश्न गरेका छन् । ...
‘ठूलो–एक्सन’ को ओली अस्त्र

‘ठूलो–एक्सन’ को ओली अस्त्र

बिचार, राजनीति
कृषिमन्त्री घनश्याम भुषालको गफ गर्ने तरिका गजबको छ ।गम्भीर कुरा पनि उनी ठट्यौलीमा भन्न सक्छन् । निराशाका कुरामा पनि गलल हाँस्न सक्छन् । मार्क्सवादका कुरा गर्दा त उनका आँखा त्यसै बलिहाल्छन् ! अमित ढकाल करिब दुई महिनाअघि फोनमै उनले जिस्काएको भावमा मलाई भने, ‘हाम्रो पार्टी एकता र त्यसले ल्याउने परिणामबारे तपाईं पनि अलि बढी नै उत्साही हुनुभएको रै’छ है !’यति भनेर उनी गलल हाँसे ।नेकपा एक हुने क्रममा मैले धेरैपटक दुई वामपन्थी पार्टी किन एक हुनुपर्छ, किन त्यसले राजनीति र मुलुकलाई राम्रो गर्छ भनेर लेखेको थिएँ । एकीकृत र बलियो नेकपा बनेपछि त्यसले डेलिभरी र सुशासनमा काम गर्न सक्छ, वर्षौंदेखि थाती रहेका सुधारका मुद्दामा हात हाल्ने र तिनलाई पार लगाउने आत्मविश्वास प्राप्त गर्नेछ भन्ने मलाई लागेको थियो । ठूलो शक्ति भएपछि नेकपाले आफैंलाई पनि सुधार्ने र बदल्ने आँट गर्नेछ भन्ने लागेको थियो । एउटा पार्...