Sunday, November 24सत्यम खबर
Shadow

कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

सदीक्षा मुलेपति
पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ । कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ । दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ । फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल–बच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ ।


व्यायामका फाइदा
ड्ड रोग प्रतिरोधात्मक क्षमता बढाउने
ड्ड अंग(प्रत्यंग सक्रिय र बलियो राख्ने
ड्ड मनोवैज्ञानिक सन्तुलन कायम राख्ने
ड्ड तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने
ड्ड आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने
केही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन कोभिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन् ।
शारीरिक व्यायाम ः मांसपेसीका लागि
१. मांसपेसी तन्काउने व्यायामः घाँटी, कम्मर, हात–खुट्टा तन्काउने ।
२. मांसपेसी बलियो बनाउने व्यायामः स–साना भार उचाल्ने, पुस–अप, स्क्वाट, लन्जेज आदि ।
३. सन्तुलन राख्ने व्यायामः एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि ।
४. लामो समय एउटै पोजिसनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ ।
मुटुका लागि
१. आफ्नो आँगनमा हिँड्नेः ३०–४५ मिनेट प्रतिदिन हिँड्ने अथवा जगिङ गर्ने । कम्तीमा ७०००–१०००० पाइला प्रतिदिन शारीरिक सक्रियताको परिभाषा हो ।
२. घरको सिँढी माथितल हिँड्नेः कम्तीमा २–३ पटक प्रतिदिन १०–१५ मिनेट (घुँडाको समस्या नभएमा) ।
३. स्किपिङ, नृत्य, एरोबिक्स आदि ।
श्वासप्रश्वासका लागि
यी व्यायाम कोभिडको संक्रमणबाट निको भइसकेका स्वस्थ र श्वास फेर्नमा समस्या भएका व्यक्तिले सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्शमा अवलम्बन गर्न जरुरी छ ।
– गहिरो श्वासः एउटा हात छाती र अर्को पेटमा राखी फोक्सो र पेटको चाल महसुस गर्दै नाकले लामो श्वास तान्ने,५ सेकेन्ड रोक्ने र ओठलाई सिठी बजाएको जस्तो गरी विस्तारै बाहिर फ्याल्ने । श्वास तान्दा पेट फुल्छ र छोड्दा खुम्चिन्छ ।
– हमिङः नाकले लामो श्वास तान्ने र जिब्रोलाई मुखको तालुमा राखेर माहुरी कराएको जस्तो गरी ध्वनि निकाली श्वास बाहिर फ्याल्ने। यस प्रक्रियाले नाइट्रिक अक्साइडको उत्पादन बढाई नशा प्रणाली, रक्त सञ्चालन र अक्सिजन फ्लो राम्रो गर्छ ।
– मुस्कुराउनेः हात दुवै साइड तन्काएर लामो हाई गर्ने र हात तल झारेर ३ सेकेन्ड मुस्कुराई श्वास बाहिर फ्याल्ने । एक मिनेटसम्म यो प्रक्रिया दोहो¥याउने ।
यी व्यायामले छातीको मांसपेसीलाई खुलाउँछ, डायफ्रामलाई तन्किने ठाउँ दिन्छ,फोक्सोको चाल,गतिविधि र कार्यलाई राम्रो बनाउँछ ।
मानसिक व्यायाम
शरीर ठिक तर मानसिक तनाव छ भने मानिसलाई मनको बाघले खान सक्छ । जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च राख्ने अभ्यास गर्नुपर्छ ।
– सकारात्मक सोच राख्ने, ग्राम्य कथामा बढी चासो नदिने
–दैनिक प्रेरणादायक किताब अध्ययन गर्ने, –मन शान्त पार्ने म्युजिक श्रवण गर्ने, –सिर्जनशील कार्यमा मन लगाउने, –आफ्नो परिवार, इष्टमित्रसँग मनको कुरा राख्ने
आध्यात्मिक व्यायाम ः माछालाई पानी जस्तै हाम्रो जीवनलाई आध्यात्मिकता आवश्यक छ । समाजको कर्तव्यबीच अध्यात्मिकतालाई बिर्सिनु हुन्न ।
– दैनिक बिहान ध्यान र प्राणायाम गर्ने, – आफ्नो श्रद्धा अनुसारको मन्त्र जपलाई समय दिने, –आध्यात्मिक शास्त्र अध्ययन गर्ने, – सात्विक आहार सेवन गर्ने
अतः आलश्यपन र निष्क्रियता हटाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा घरमै बसी सक्रिय बनौं स्वस्थ रहौं । विश्व भौतिक चिकित्सा दिवस २०२० को शुभकामना । (मुलेपति फिजियोथेरापिष्ट हुन् ।)
(स्रोतः स्वास्थ्यखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *