भाेलिदेखि पाँच दिने नि:शुल्क याेग शिविर, सहभागिताकाे लागि सम्पुर्णमा अनुराेध
नेपालगन्ज, ८ कार्तिक – नेपालगन्जको रामलीला मैदानमा पाँचदिने निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ भाेलि आईतबार बिहानदेखि सञ्चालन हुने भएको छ ।
भाेलि बिहानदेखि आयाेजित निःशुल्क याेग शिविरमा १५ देखि ३० वर्ष उमेर समूहका युवा-युवती, विद्यार्थी तथा शिक्षकहरूकाे सहभागिता रहने आयोजकद्वारा जनाईएकाे छ ।
आयाेजित शिविरको मुख्य उद्देश्यमा संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने, युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त बनाउने
वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने लगायत बारे प्रशिक्षण प्रदान गरिने प्रशिक्षक दिलिप दीक्षितले बताए ।
प्रशिक्षक दीक्षितका अनुसार अष्टाङ्ग योगको परिचय र अभ्यास, प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका, एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू, आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान, वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी, हवन...








