Friday, November 14सत्यम खबर
Shadow

२१ जनाले गरे रक्तदान

नेपालगन्ज, ३१ असोज – सिटिजन लाइफ इन्स्यूरेन्सले आफनो आठौं बार्षिकोत्सको उपलक्ष्यमा आयोजना गरेका रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शाखा कर्मचारी, बैंक कर्मचारी, खेलाडी, स्वयंसेवी रक्तदाता लगायतले २१ जनाले रक्तदान गरेका छन् ।

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखा म्यानेजर अन्जुकुमारी बानियाले सुशील कोइराला प्रखर क्यान्सर हास्पिटल खजुरामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा अल्क बहादुर शाही, जीवन चौधरी, हेम बहादुर थारु, धनेश्वर यादव, मान बहादुर जिसी, शिवा गुप्ता, मञ्जिल सिंह, सुरेश थापा, गोपाल शाही, अभिमन्यु थारु, ईभाजेलिना दहित, सलिम कुरैशी, नबिन बानिया, अञ्जु कुमार कडेल, बिशाल मगर, नयनसारा सिंह, निर्मल कुमार थारु, सुरजीत थारु, बिवेक चौधरी, लबसिंह ठकुरी लगायत २१ जनाले रक्तदान गरेका प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक महेश दहितले बताएका छन् ।

उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सुशील प्रखर क्यान्सर हास्पिटल खजुरामा सञ्चालित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, महेश राना क्षेत्री, सुनिल थापा, प्रशान्त थारु लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *