Monday, May 4सत्यम खबर
Shadow

प्रदेश २

नेपालकाे हित चीनले कहिले चाहेना : नेता मिश्र

नेपालकाे हित चीनले कहिले चाहेना : नेता मिश्र

आस्था, प्रदेश २, राजनीति, समाचार
जनकपुर, १८ मंसिर – नेपाली राजनितीमा एक्कासी चिनियाँ हस्तक्षेप बढेको प्रति लोकतान्त्रिक समाजवार्दी पार्टीका नेता मनिष कुमार मिश्रले चिन्ता व्यक्त गरेका छन् । आफ्नो स्वार्थ मात्र हेर्न र पुरा गर्न पल्केका चिनले नेपाल प्रति कहिले सहयोगी भुमिका निर्वाह नगरेको नेता मिश्रले बताए । उनले हाम्रो नेपालसंग रोटी र बेटीको सम्बन्ध भएको भारतसंको मित्रतामा चिसोपना पैदा गर्न चिनले पटक पटक भुमिका खेलेको भन्दै चिनले कहिले पनि भारतको मित्र बन्न नसक्ने आश्य व्यक्त गरे । उनले चिनियाँकै बदमासीका कारण नेपालमा धर्म परिवर्तन जस्ता अपराधिक गतिविधी बढेको र नेपाली जनताहरु बढी पैसामुखी भएको बताए । चिनले नेपालमा आफ्नो दबदबा सिर्जना गर्नै कोसिस पटक पटक गरेको भन्दै चिनले नेपालमा आफ्नो हुकुमत देखाउन खोजेको बताए । नेपालमा आगो लाग्दा भारत पनि जल्छ उनले नेपाल र भारतको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको जिकिर गर...
हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

अवधी, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलबस्तु, २ मंसिर - कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध र्याली सहित बिरोध प्रर्दशन गरेका छन् । जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न स्थान धनुषा, बारासहित हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकार विरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुँदै कृष्णनगर बाजार परिक्रमागरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकार...
जसपा फुटाउन सक्ने कसैको हिम्मत छैन् : सुमन

जसपा फुटाउन सक्ने कसैको हिम्मत छैन् : सुमन

प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ३० असोज – जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले मन्त्री बन्न नपाएकाहरुले पार्टीको विरुद्धमा गतिविधि गरेकोमा असन्तुष्टि पोखेका छन् ।उनले प्रदीप यादवले मन्त्री बन्न नपाएकोमा पार्टी विरुद्ध विरोध तथा प्रदर्शन गर्नु अशोभनीय रहेको सुनाए । यद्धपी सांसद यादव आफै उपस्थित् भएर प्रदर्शन नगरेको पनि सुनाए । आज बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब जसपालाई फुटाउन सक्ने कसैको हिम्मत नै नभएको भन्दै कल्पना नगरे हुन्छ भन्ने प्रतिक्रिया दिए । उनले जनता कुनै व्यक्तिको पक्षमा भन्दापनि पार्टीको पक्षमा हुने सुनाए ।...
चिनियाँ कम्पनीको दादा गिरीः न पैसा, न दसैँ विदा, उल्टै जागिर खाइदिने धम्की

चिनियाँ कम्पनीको दादा गिरीः न पैसा, न दसैँ विदा, उल्टै जागिर खाइदिने धम्की

CoVid19, अवधी, आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
सप्तरी, २८ असोज – कञ्चनपुर–कमला खडक परियोजनाको ठेक्का पाएको चाइना रेल्वे इन्जिनियरिङ्ग २ ले आफूहरुको श्रमशोषण गरेको छ । दैनिक ८ घण्टा खटाएर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक ज्यालासम्म पनि नदिएको मजदुरहरुले बताएका छन् ।बिचौलियाको चलखेलका कारण सडक परियोजनाले मजदुरलाई दैनिक ५५०, फोरम्यान, इन्जिनियर, सुपरभाइजरलाई दैनिक ८३३ रुपैयाँ उपलब्ध गराउने गरेको एक मजदुरले बताए । दिनभरी ८ घण्टा काममा खटाएर ज्याला भने ५५० रुपैयाँ मात्र दिने गरेको मजदुरको भनाइ छ ।अर्का मजदुरले भने, झगाउँकै सुपरभाइजरले कम्पनीको काम हो, राम्रो हुन्छ भनेको थियो । शुरुमा दैनिक ४५० ज्याला दिएको थियो,’ उनले थपे, ’नौ महिनापछि एक सय थप गरि ५५० पुर्यायो ।’ज्याला बढाउनभन्दा कामबाट निकाल्ने धम्की दिने गरेको उनको दुखेसो छ । बिचोलियाहरुको चलखेलले न्यूनतम ज्यालामा पनि घटाएको मजदुरको आरोप छ । ’हामी दिनभरी सडकमा खट्नुपर्छ,’ ए...
एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

CoVid19, अपराध, प्रदेश २, राजनीति, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, १२ अषाढ – सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर–३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए ।तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए । पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो । सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए । पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त...
हिमालयन बैंकद्वारा शैक्षिक सामग्री बितरण

हिमालयन बैंकद्वारा शैक्षिक सामग्री बितरण

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार
बाजुरा, २९ फागुन – खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक बिद्यालयलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । हिमालयन बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा बिद्यालयहरुलाई उक्त सामाग्रीहरु बितरण गरिएको हो । हिमालयन बैंक लिमिटेडको सहकार्यमा खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरको एक घर एक बैंक खाता अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रमममा नेपाल राष्टू बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, बैंकका छेडेदह शाखा प्रमुख किरण रिजाल लगायतले उक्त सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुलाई हस्तान्तरण गर्नुभयो ।बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्न...
खप्तड छेडेदह नमूना गाउँपालिका घोषित

खप्तड छेडेदह नमूना गाउँपालिका घोषित

आर्थिक, प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार
बाजुरा, २९ फागुन – खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको छ । बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो । जम्मा ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सूदु...
पर्वतको पकुवामा सहकारी सचेतना कार्यक्रम

पर्वतको पकुवामा सहकारी सचेतना कार्यक्रम

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पर्वत, २८ फागुन – पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ पकुवास्थित साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुका लागि आयोजित एक दिने सहकारी सचेतना तालिम बिहीवार सम्पन्न भएको छ । संस्थाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय पोखराको सहयोगमा सम्पन्न भएको हो । संस्थाका शेयर सदस्यहरुलाई सहकारीमा पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर वि.क.ले जानकारी दिनुभयो ।सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई यसबाट हुने फाइदा, सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी आवश्यक छ भन्ने महसुस गरेर तालिम आयोजना गरेका हौ, अध्यक्ष विकले भन्नुभयो–‘तालिममा सहभागी शेयर सदस्यहरु उत्साहित भएर जानु भएको छ...
समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
पोखरा, २५ फागुन – भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारका बीच समन्वय आवश्यक रहेको बताउनु भएको छ ।राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो– ‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’ मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्ष...
आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पोखरा, २५ फागुन – आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्र सहित पुरस्कृत गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री तुम्बाहाम्फेले पत्रकारहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सक...