Tuesday, October 22सत्यम खबर
Shadow

प्रदेश २

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

आर्थिक, प्रदेश १, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
ललितपुर, ५ भाद्र–राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन ग...
प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा !

प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा !

प्रदेश २, श्रम/रोजगार, समाचार
काठमाडौं, १६ श्रावण– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक कार्यक्रमबीच आज काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गर्नुभएको छ । उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिनु भएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आउनुभएको हो । प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवकोरुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उहाँ यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो ।...
दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुन्न, म राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउन सक्छुः माधव नेपाल

दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र हुन्न, म राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउन सक्छुः माधव नेपाल

प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, साउन ४– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकमा वैशाख २० गते जे भएको थियो, त्यो फेरि दोहोरिएको छ। वैशाख २० को सचिवालय बैठकजस्तै आज पनि सुरू हुनेबित्तिकै प्रधानमन्त्री केपी ओलीले नेतृत्वमा बसेका सबैले आत्मालोचना गरेर पार्टी एकता जोगाउनुपर्ने बताए। ’मेरा पनि कमी(कमजोरी भए होलान्, म आफ्नो भागको आत्मालोचना गर्छु। सबै मिलेर पार्टी एकता जोगाएर अघि बढौं,’ ओलीले भने। चाँडै महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने पनि उनले बताए। त्यसपछि बोलेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्दै भने, ’हामी दुवैको कुरा त्यही हो। पार्टीलाई एकताबद्ध गर्दै चाँडै महाधिवेशनबाट सबै कुरा सल्टाउँ। मेरो र प्रधानमन्त्रीको त्यसैमा सहमति भएको छ।’ उनले थपे, ’मैले आलोपालो सरकार चलाउनुपर्ने कुरा पनि छाडेको छु। पार्टी एकता अगाडि बढाउने र चाँडै महाधिवेशन गर्...
घाँटी रेटी हत्या आरोपमा एक पक्राउ

घाँटी रेटी हत्या आरोपमा एक पक्राउ

प्रदेश २, समाचार, समाज
बारा : घाँटी रेटी महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा बारामा एकजना पक्राउ परेका छन्।  असोज ६ गते बारा कलैया उपमहानगरपालिका १३ वलिरामपुरकी ४५ की सियापित देवी धोबिनको हत्या आरोपमा प्रहरीले स्थानीय २८ वर्षीय रबिन महतो धानुकलाई पक्राउ परेकाे हो। उनलाई कलैया १० मटिअर्वास्थित सीमावर्ती क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला परी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले भने,‘ ‘गाउँदेखि करिव एक किलाेमिटर दक्षिण-पूर्व पसाह खोला किनारमा रहेको आफ्नै खेतमा खर काट्न गएकी सियापित देवीलाई रबिनले हत्या गरेका रहेछन्। पत्नीकाे सहयाेगमा सयापित देवी एक्लै भएको अवस्थामा हँसियाले घाटी रेटी हत्या गरेका थिए।’ हत्यापछि रबिन फरार थिए। हत्यामा संलग्न रहेकी रबिनकी पत्नी भने अझै फरार छन्।  मृतक सियापति देवी र पक्राउ परेका रविनको ब...
मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा!’ यस्ता गीतको रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँं पर्वमा मिथिलानीहरूले (मिथिलाका नारी) सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको छ। असुर प्रवृतिविरुद्ध सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने दशैँं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो। ‘दशैँं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ’ जनकपुर १४ का सुनिता सिंह बताउँछिन, 'अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको ...
बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : धनुषामा पुनः एक बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो। धनुषाको विदेह नगरपालिका ७ की १३ वर्षीया एक बालिकामाथि ६५ वर्षीय वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो। धनुषाको विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई किशोरी बलात्कार आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए। श्रोतका अनुसार घटनालाई स्थानीय केही जनप्रतिनिधि र स्थानीय प्रहरीले समेत पैसाको चलखेल गरी ढाकछोप गर्न खोजेका थिए। तर घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। आरोपी र बलात्कृत बालिकाको मंगलबार अपराहन्न जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। श्रोतका अनुसार अहिले पनि घटना लुकाउन पीडक पक्षले पीडित परिवारला...
मृतात्माले सताइएका मान्छे निको पार्ने ‘भूत मेला’

मृतात्माले सताइएका मान्छे निको पार्ने ‘भूत मेला’

प्रदेश २, समाचार, समाज
जनकपुरधाम : बडादशैँका बेला अनादिकालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ। महोत्तरीको औरही नगरपालिका ७ मा अवस्थित सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेकोले षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थी मेला हेर्न आउने गरेका हुन्। प्रत्येक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेलामा भूतप्रेत, बोक्सा–बोक्सी र मृत दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष मेलामा आउने र सोनामाईको कृपाले मानिसहरू निको भएर जाने गरेको जनविश्वास रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए। सोनामाई मन्दिरमा भूत, पिशाच, कालो जादुटुना र बोक्सा–बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै–पड्दै,...
‘मालिका’को ट्रेलर सार्वजनिक

‘मालिका’को ट्रेलर सार्वजनिक

कला/साहित्य, प्रदेश २
काठमाडौं । महिला हिंसा, बलात्कार तथा लैंगिक विभेदलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा अभिनेत्री रेखा थापा र कोमल वलीलाई देखाइएको छ । नेपालमा जरा गाढेको महिला हिंसाविरुद्ध निर्माण भएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा रेखाको रौद्र रूपलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री रेखाले आफूले पछिल्लो समय निर्माण गरेका प्रायः चलचित्रले महिला तथा बालिकाको विषयलाई अगाडि सारेका बताउँदै भनिन्, ‘यस फिल्मले पनि नेपाली समाजमा वर्तमानमा पनि घटिरहेको घटनालाई देखाउन खोजेको छ ।’ रेखाले चलचित्रले समाजमा हुने गरेका बलात्कार, बालविवाहविरूद्ध विद्रोह गर्नुपर्ने वियष उठाएको बताइन् । अभिनेत्री रेखाले निर्देशन गरेको ‘मालिका’ २१ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा ...