कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम
कावासोती, २२ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको आयोजनामा सञ्चालित २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।
सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए ।समापन कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाईृ प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख वृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी क्षेत्रले गर्ने काम प्रभावकारी र प्रतिफलमुखी बनाउन सकेमा सिंगो सहकारी अभियानको भूमिका बढ्ने भएकाले सबै सहकारी...









