सिके राउतकाे उम्मेदवारी उपेन्द्र यादवकाे क्षेत्रबाट
काठमाण्डौ, २३ साउन –जनमत पार्टीका अध्यक्ष डा. सिके राउत प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकाे क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
गएकाे निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन् ।
डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ ।
निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका हुन् । के छ अवस्था ? यो निर्वाचन क्षेत्रमा ४ वटा पालिका छन् । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी -लोसपा) तथा जसपा र...









