श्री १००८ हडिया बाबा मेलामा साधुसन्तलाई आँखा र कानको निःशुल्क शिविर
नेपालगन्ज, २५ कार्तिक – श्री १००८ हडिया बाबा आश्रममा आयोजित मेलामा साधुसन्तहरुलाई आँखा कानको निःशुल्क शिविर आयोजना गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्रामा रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन, नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त आयोजनामा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
मेलामा उपस्थित रहेका करिब ८ सय साधुसन्त, महत्माहरुलाई निःशुल्क शिविरमा चेकजाँच गरिएको गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले जानकारी गराए । उनका अनुसार शिविरमा चेकजाँच गराएका साधुसन्त, महत्माहरुलाई जटिल रहेका र सैल्यक्रिया गर्नु परेका सबै निःशुल्क रहने संरक्षक शाहले जानकारी गराए । साधुसन्त, महत्माहरुलाई कान र आँखाको जटिल समस्या देखा परेको जानकारी गराए । सैल्यक्रिया गर्नु परे करिब २० देखि ३० हजारसम्म खर्च आउने ...









