Tuesday, April 21सत्यम खबर
Shadow

बाँकेको खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन

खजुरा, २८ श्रावण – बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजना हुने धार्मिक महोत्सवका लागि शनिबार सचिवालयको उद्घाटन गरिएको छ ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, धर्मगुरु ईश्वर शरण महाराज, वडा अध्यक्ष टेकवहादुर रोका र समितिका अध्यक्ष खड्ग वलीले सचिलायलको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलिरहेको छ ।
सचिवालय उद्घाटनमा प्रखर परोपकार मिसन नेपालका महासचिव विवेक लामिछाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *