
पवन जायसवाल
नेपालगन्ज, २४ भाद्र –बाँकेको नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम–२०८० शनिवार सम्पन्न भएको छ ।
गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक अध्यक्ष लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गा, योग समितिका प्रमुख योग गुरु गिरिराज शर्मा भट्टराई र वरिष्ठ पत्रकार तथा समितिका संस्थापक संयोजक पूर्णलाल चुकेलाई प्रमुख अतिथि लक्ष्मणप्रसाद गौतम, अध्यक्ष हरिलाल न्यौपाने, व्रह्माकुमारी दुर्गाले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्व मध्ये व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गाले सम्वोधन गर्दै आफु व्रह्माकुमारी विश्वविद्यालयमा वि.सं. २०३४ साल चैत्र ४ गते प्रवेश गरेको बताउँदै निःस्वार्थ भावनाले विश्वविद्यालयमा आफ्नो जीवन समर्पित गरेको बताउनु भयो । उहाँले ब्रह्माकुमारी विश्वविद्यालय विभिन्न १ सय ४४ राष्ट्रमा १० हजारभन्दा बढी केन्द्रहरु रहेका छन् । ८८ वर्षदेखि नारीहरुको नेतृत्वमा सञ्चालन गरिएको संस्था हो भन्दै हाम्रो पहिरन सेतो पोशाकले हाम्रो सुरक्षा गर्छ, यो कपडा ब्रह्माकुमारी विश्वविद्यालयको डे«स हो । यो डे«सबाट हामी सुरक्षित रहेका छौं । सेतो डे«स शान्तिको प्रतिक हो र सेतो डे«सले ज्ञानको शिक्षा दिन्छ ।

समाजका उपाध्यक्ष भीमलाल कँडेलको संयोजकत्वमा गुल्मेली समाज सेवा समिति बाँकेका सदस्यहरुको छोराछोरी एसईईमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुनेलाई १ जना छात्र र १ जना छात्रालाई हरेक वर्ष सम्मान गरिने गरिन्छ । सोही अनुसार माध्यमिक शिक्षामा ५ जनाको फाराम भरिएको मध्ये सर्वोत्कृष्ट अंक ल्याएकी खिमप्रसाद घिमिरेको छोरी नेहा घिमीरेलाई र रामप्रसाद पन्थको छोरा प्रमेश पन्थलाई खादा ओढाएर नगद राशी ५÷५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित तथा उपाध्यक्ष भीमलाल कँडेलले स्वागत गरेको सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका पदाधिकारीहरु, गुल्मी जिल्लाको विभिन्न ठाउँमा जन्म भई कर्मथलोको रुपमा बाँके जिल्लाको विभिन्न ठाउँमा रहनु भएका गुल्मेलीहरुको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किश्मतकुमार कक्षपति, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, कर्णाली डिष्टिलरीका शिव बटाला, अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, पत्रकार भेषराज बस्नेत, मधु पौडेल, ब्रह्माकुमारी खिमकुमारी न्यौपाने, बिष्णुप्रसाद गौतमको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यक्रम नेपालगन्जको सुर्खेतरोड स्थित रहेका होटेल सिद्धार्थ कटेजमा सञ्चालित कार्यक्रममा गुल्मेली महिलाहरुले मौलिक तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
