Saturday, November 14सत्यम खबर
Shadow

खेल

आयोजकलाई दर्पण कपको उपाधी

आयोजकलाई दर्पण कपको उपाधी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १८ फागुन – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा भएको दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पार्न सफल भएको छ । गत संस्करणको समेत बिजेता रहेको आयोजक न्यू दर्पणले शनिबार भएको फाईनल खेलमा न्यू डाँफे स्पोर्टस क्लव डि गाउँलाई १ का बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक उपाधी जित्न सफल भएको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच बिपिन मगरले २ गोल गरेका थिए । विजेता न्यू दर्पणले नगद एक लाख ११ हजार १११ रुपियाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यसैगरी उपविजेता बनेको न्यू डाँफेले नगद ५५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू दर्पणका प्रेम सुनार सर्बोत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच बिपिन मगर, उत्कृष्ट रक्षक न्यू डाँफेका सुनिल आले र उत्कृष्ट गोल...
न्यु दर्पण कपमा आयोजक फाईनल प्रवेश

न्यु दर्पण कपमा आयोजक फाईनल प्रवेश

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १६ फागुन – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा जारी दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लव फाईनल प्रवेश गरेको छ । ई गाउँस्थित मनकामना माविको खेल मैदानमा बिहिबार भएको पहिलो सेमिफाईनलमा न्यू जेनेरेशन एफसीलाई ० का बिरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक न्यू दर्पण फाईनलमा प्रवेश गरेको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन थापा मगर र श्याम बयादी गरि २ जनाले ह्याट्रिक पुरा गरे । प्रतियोगिताको दोश्रो सेमिफाईनल खेल शुक्रबार न्यू डाँफेस्पोर्टस क्लवब डि गाउँ र पशुपति युवा क्लव खजुरा ८ घियाबीच हुने आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवका कोषाध्यक्ष देबबहादुर बिसीले जानकारी दिनुभयो । दोश्रो सेमिफाईनल अघि शुक्रबार नै मैत्रीपूर्ण लिजेण्ड फुबल हुनेछ । प्रतियोगिताको फाईनल खेल शनिबार दिउ“सो हुनेछ । प्रतियोगितामा ...
पूर्व खेलाडी समाज बाँकेमा प्रकाश

पूर्व खेलाडी समाज बाँकेमा प्रकाश

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० माघ - प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ। बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो। समाजको बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्तकुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभयकुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ रहेका छन। त्यसैगरी सदस्यहरुमा गोबिन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोजकुमार श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन् । निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियाे । यस अघि समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घघाटन सत्र...
आदर्श मावि राँझा, ग्रिनपिस, आदर्श मावि नेपालगन्ज विजयी

आदर्श मावि राँझा, ग्रिनपिस, आदर्श मावि नेपालगन्ज विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ माघ – आदर्श मावि राँझा, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा आइतबार जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गर्नु भयो । प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गर्नु भएको थियो भने आकासले १४औं मिनेटमा गोल गर्नु भएको थियो । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गर्नु भएको थियो । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गर्नु भएको थियो । दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राझाँलाई १–० ले पराजित गरेको छ । प्ले...
होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत

होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – होप इन्टरनेशनल, ब्राइटल्यान्ड, मनकामना र सगरमाथा स्कुलले शनिबारदेखी सुरु भएको मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा होप इन्टरनेशनलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई २–० ले पराजित गरेको छ । होपको जितमा सुवास मगरले १८ औं मिनेट र सुदिप केसीले ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजेता होपका सुवास मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरुआतमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएका सुवास गोल गरेपछि घाइते भएर मैदान छाडनु भएको थियो । सुवासको तर्फ होपका कप्तानलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रीले पुरस्कृत गर्नु भयो । शनिबारको दोस्रो खेलमा ब्राइटल्याण्डले पेनाल्टी सुटआउटमा पशुपति मावि राझाँलाई ४–३ ले हरायो । निर्ध...
गाउँ-गाउँमा बालबालिकामा खेलप्रति उत्साह बढ्दो

गाउँ-गाउँमा बालबालिकामा खेलप्रति उत्साह बढ्दो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, २६ माघ - आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ बसन्तपुरमा १० वर्ष माथिका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ । त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्थाद्वारा आयोजित सो खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन । सो खेलमा दुई दर्जनभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी 'राजु'को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिष्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ । 'स्वास्थ को लागी खेल' नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्रलगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो। आजकाल साना ...
बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ मंसिर – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएका छन् । रेडियो बागेश्वरी एफएमले शनिबार आयोजना गरेको “बागेश्वरी रन (मिनी म्याराथन) प्रतियोगिताको उदघाटन गर्दै मन्त्री अग्रवालले समय समयमा म्याराथन आयोजना गरिरहनु पर्नेमा जोड दिए । उनले रेडियो बागेश्वरी एफएमलाई सफलताको शुभकामना समेत दिएका थिए । रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१ औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए । म्यारथनमा छात्र तर्फ श्री महेन्द्र मावि नरैनापुरका अरविन्द यादव प्रथम भएका छन् । उनले १८ः३९ः७५ मिनटमा दौड पुरा गरेका थिए । यस्तै जनता ...
दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

अवधी, आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १६ कार्तिक - शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा "शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता" सम्पन्न भएको छ । प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला, श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए । खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको...
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए । त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए । यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका ...
पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

खेल, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
काठमाण्डौ, २८ असोज – पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् । बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ । नेपाल पाना...