शिक्षाको नाममा धार्मिक प्रचारप्रसार, विद्यालय हाता भित्र चर्च राख्नुको उद्देश्य के ? कोहलपुर शिक्षा शाखा मौन किन ?
नेपालगन्ज, २७ भाद्र – कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको जीवन ज्योती स्कुलले आप्mनो विद्यालय हाताभित्र देखाएको तमाम गल्तिलाई अखिल क्रान्तिकारीले उठान गरेपछि मुद्दा डाईभर्ट गर्न चन्दा मागेको भन्दै आप्mना केहि आसेपासेलाई राखेर जोमन जेम्स नेतृत्वको जीवन ज्योती स्कुलले पत्रकार सम्मेलन गरेको छ ।
पछिल्लो समयमा जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएको भन्दै अखिल क्रान्तिकारीले विद्यालयको हाता भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले दावि गरेको थियो । सोहि दावि सहितको विज्ञप्ति सार्वजनिक पछि यतिवेला जीवन ज्योती स्कुलका जोमन जेम्स र नि...









