Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् । विदेश मन्त्रालयको विज्ञप्ति अनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौता भएको छ । सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद भवन पुगेका थिए, जहाँ उनको स्वागत गरिएको थियो । प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता भयो, त्यसपछि सम्झौतामा हस्ताक्षर भयो । प्रधानमन्त्री मोदीले लरेन्स वाङलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भने, 'सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा हो । हामी भारतमा धेरै सिङ्गा...
‘चीनको सपना’ अभियान किन गुन्जिरहेको छैन?

‘चीनको सपना’ अभियान किन गुन्जिरहेको छैन?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – के चिनियाँहरूले समृद्धि पुनर्स्थापना गर्न चिनियाँ कम्युनिष्ट पार्टीलाई विश्वास गर्छन्? उत्तर धेरै हदसम्म 'होइन' हो। सी जिनपिङको उज्ज्वल भविष्यको प्रतिज्ञाको बाबजुद पनि शंकास्पदता व्याप्त छ। विगत एक दशकमा, पार्टीका कार्यहरूले प्रायः परिस्थिति सुधार्नुको सट्टा बिग्रिएको छ। विगत एक दशकमा चीनले बढ्दो घरेलु चुनौती र कठिन अन्तर्राष्ट्रिय वातावरणको सामना गरेको छ। त्यतिबेला र अहिलेको भिन्नता चर्को छ । सन् २०१२ मा चीनको अर्थतन्त्र फस्टाउँदै थियो, उपभोक्ता विश्वास उच्च थियो र ऋण व्यवस्थित थियो। आज अर्थव्यवस्था संघर्ष गरिरहेको छ, आत्मविश्वास कम छ र ऋण संकट छ। २०१२ मा रोजगारी प्रशस्त थियो तर अगस्ट २०२३ सम्ममा पाँचमध्ये एक जना युवा चिनियाँ (१६-२४ वर्षका) बेरोजगार थिए। सन् २०१२ मा विश्वव्यापी कारखानाहरू, प्रविधि र लगानीहरू चीनमा खन्याए र सीसीपीको आर्थिक मोडेल मनाइयो। अब, स्थिति ...
फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ- प्रधानमन्त्री ओली

फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ- प्रधानमन्त्री ओली

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको स्मरण गरे । “इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न...
ओबामाका दाजुले ट्रम्पलाई समर्थन गर्ने

ओबामाका दाजुले ट्रम्पलाई समर्थन गर्ने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्- 'म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक दर्ता मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु । ट्रम्प हृदयदेखि बोल्छन् ।’ बाराक ओबामाका सौतेला दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन् । मेक अमेरिका ग्रेट अगेन एक अद्भुत नारा हो र म ट्रम्पलाई भेट्न चाहन्छु, उनले भनेका छन् । मलिक ओबामाले पूर्व राष्ट्रपति र उनका भाइ बराक ओबामाको आलोचना गर्दै स्वार्थी भनेका छन् । ...
बांकेमा विविध कार्यक्रमका साथ निजामती सेवा दिवस

बांकेमा विविध कार्यक्रमका साथ निजामती सेवा दिवस

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – भाद्र २२ गते प्रत्येक वर्ष झै बांकेमा निजमती सेवा दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । बिहान सात बजे जिल्ला प्रशासन कार्यालय बांकेको हातामा कर्मचारीहरु जम्मा भई व्यावसायिक र सिर्जनसिल प्रशासन विकास, समृदि र सुशासन नारा लेखिएको व्यानर तथा मुस्कान सहितको सेवा नागरिकलाई टेवा, प्रविधिको उपयोग गरौ सेवाको लागत घटाऔ, प्रभावकारी सेवा प्रवाहका लागि जनसहभागिता, समन्वय र सहकार्य, लोकतान्त्रिक शासन नागरिक मैत्री प्रशासन, जनसेवा हाम्रो प्रतिबद्धता, जनताका लागि प्रशासन, शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार, जनतालाई सेवा सुशासनलाई टेवा, जनमुखी प्रशासन अनुशासन र सुशासन, सुशासन र सदाचार निजामती सेवाको आधार, निजामती सेवाको मान्यता अनुशासन, इमानदारी र नैतिकता, सेवामैत्री प्रशासन, संघीयतामा सुशासन, स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धी र सुशासन जस्ता नाराहरु लेखिएका प्ले कार्ड र ...
उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री आचार्य

उत्पादन र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहन अनुदानः मुख्यमन्त्री आचार्य

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भएको छ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिमा शनिबार भएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानको मागको आधारमा दुधमा दिदै आएको प्रोत्साहन अनुदानको रकम बढाउन सकिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । ‘साथिहरुले यहाँ कुरा उठाउनु भयो दुधको बिषयमा । किसानहरुलाई आकर्षीत गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिदै आएको छ । यो रकमलाई बढाउने बिषयमा छलफल अघि बढ्छ’उहाँले भन्नुभयो, ‘किसानहरुलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।’ यस्तै मुख्यमन्त्री आचार्यले सुन्तलाको सुरक्षित भण्डारणका लागी प्रदेश सरकारले योजना बनाउने समेत प्रतिबद्धता...
अवधी पत्रकार संघद्वारा कजरी तीजको शुभकामना आदान–प्रदान

अवधी पत्रकार संघद्वारा कजरी तीजको शुभकामना आदान–प्रदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – अवधी पत्रकार संघ बाँके शाखा जिल्ला कार्य समिति बाँकेको आयोजनामा तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । अवधी पत्रकार संघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष सन्ध्या शर्माद्वारा सञ्चालित कार्यक्रम नेपालगन्ज उद्योग बाणिज्य संघको सभा हलमा सञ्चालित कार्यक्रममा, अवधी पत्रकार संघ बाँके शाखाका अध्यक्ष प्रहलाद विश्वकर्माको अध्यक्षतामा, लुम्बनी प्रदेश सभासद् माननीय अम्बिका काफ्लेको प्रमुख अतिथ्यितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काफ्लेले अवधी पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरीफ अन्सारी, अवधी अगुवा तथा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्मा, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बिनिता यादव, अवधी साँस्कृतिक प्रतिष्ठा...
“बाल संरक्षण नक्साङ्कन निर्माण”

“बाल संरक्षण नक्साङ्कन निर्माण”

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भाद्र – बाँकेको नेपालगन्जमा विभिन्न बाँके जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको संयुक्त बैठकले “बाल संरक्षण नक्साङ्कन निर्माण” गरेको छ । एसओएस युवालयको आयोजनामा बालबालिकाको क्षेत्रमा लामो समय देखि बाँके जिल्लामा कार्य गरी रहेका १५ भन्दा बढी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितमा भएको “बाल संरक्षण नक्साङ्कन निर्माण” गर्ने बैठक एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपालगन्जको सुर्खेतरोड स्थित सिद्धार्थ कटेजमा आयोजित बैठकमा बाल संरक्षणको महत्व र “बाल संरक्षण नक्साङ्कनको विषयमा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमणबहादुर कार्कीले प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागी भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना संघ संस्थाहरु...
खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगतिक कार्यक्रम

खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगतिक कार्यक्रम

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० भाद्र - भाद्र २१ गते अर्थात भोली महिलाहरुको महान चार्ड हरितालिका तीज हो । यस अवसरमा धार्मिक परम्पारागत महिलाहरुले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् । साथै तीजको अवसमार देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ । जसको तपारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं सृखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसवर्...
आइक्यानद्वारा सिए दीक्षितकाे संयाेजकत्वमा नेपालगन्ज शाखा गठन

आइक्यानद्वारा सिए दीक्षितकाे संयाेजकत्वमा नेपालगन्ज शाखा गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० भाद्र - इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले परिषदको ३३३ औँ बैठकबाट सिए. तेज प्रकाश दीक्षितको संयोजकत्वमा नेपालगन्ज शाखा समन्वय समिति गठन गरेको छ । सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी, सिए. मोहसिन खान र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. भुवन प्रसाद गैरे आरए. अनिता कुमारी श्रेष्ठ, आरए. दीपक प्रसाद रेग्मी र सचिवमा आइक्यान नेपालगन्ज शाखाका प्रमुख श्री निर्मला चौधरी रहेका छन् । शाखा समन्वय समितिले सरोकारवाला संग समन्वय गर्न, सदस्यहरूको क्षमता अभिवृद्धि गर्नकोलागि विभिन्न तालिम सञ्चालन गर्न र सेवाग्राहीहरुलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्नमा महत्वपूणर् भूमिका खेल्ने गर्दछ । भाद्र १९ गते तेज प्रकाश दीक्षितको अध्यक्षतामा नेपालगन्ज शाखा समन्वय समितिको बैठक बसि सदस्यहरूको क्षमता अभिवृद्धि गर्नकोलागि विभिन्न ...