Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

संबिधान दिवसको अवसरमा नागरिक उत्सव

संबिधान दिवसको अवसरमा नागरिक उत्सव

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ असाेज - संबिधान दिवस २०८१ को अवसरमा नेपालगन्जमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजनामा आज नेपालगन्जको गणेशमान चौकमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले बिगतमा जारी भएका संबिधानहरुको चर्चा गर्दै २०७२ असोज ३ गते जारी संबिधानलाई बिश्वकै सर्बाेत्कृष्ठ संबिधान बनाउनका लागि सरकारमा रहेकाहरु ईमान्दार हुनु पर्ने बताए । कार्यक्रममा बोल्दै शिक्षाबिद् किरण आचार्यले बाँके बासी सुसिल कोईराला प्रधानमन्त्री भएको बेला जारी भएको संबिधानले सबै देशबासीहरुलाई समेटेको बताईन् । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले एउटा तानाशाहलाई फालेर आएको संबिधानमा टेकेर सयौं तानाशाहहरु नजन्मिन दिनका लागि खवरदारी गर्नुपर्ने बताए । हरित अभियन्ता हेमन्तराज काफ्लेले नेपालको संबिधान २०७२ बिश्वकै सर्वाे...
ओटावामा नेपाल‐ क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूतावास स्थापना गर्न क्यानाडालाई आग्रह

ओटावामा नेपाल‐ क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूतावास स्थापना गर्न क्यानाडालाई आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ असोज – परराष्ट्रमन्त्री डा अरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुग्नुभएको छ । भेटका क्रममा उहाँहरुले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताउनुभएको थियो । नेपाल र क्यानाडाले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदैछन् । त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गर्नुभयो । न...
चीनमा नयाँ भाइरस WELV पत्ता लाग्यो, मस्तिष्कलाई असर गर्ने

चीनमा नयाँ भाइरस WELV पत्ता लाग्यो, मस्तिष्कलाई असर गर्ने

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
काठमाण्डौ, २ असोज – एउटा नयाँ भाइरस, वेटल्याण्ड भाइरस (WELV) चीनमा पत्ता लागेको छ । जुन टिक टोकाइबाट मानिसमा फैलिन सक्छ, केही अवस्थामा न्यूरोलोजिकल रोग निम्त्याउन सक्छ । भाइरस पहिलो पटक जुन २०१९ मा जिन्झाउ शहरमा ६१ वर्षीय बिरामीमा पहिचान गरिएको थियो, जो भित्री मंगोलियाको सिमसारमा टिक्सले टोकेको पाँच दिन पछि बिरामी परेका थिए। द न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार एन्टिबायोटिक प्रतिरोधी लक्षणहरू सहित बिरामीले ज्वरो, टाउको दुख्ने र बान्ता अनुभव गरेको थियो। WELV भाइरसहरूको समूह हो जुन टिक्सद्वारा सर्ने भनिन्छ, क्रिमियन-कङ्गो हेमोरेजिक फिभर भाइरस जस्तै, जसले मानिसमा गम्भीर रोग निम्त्याउन सक्छ। प्रारम्भिक खोज पछि अनुसन्धानकर्ताहरूले उत्तरी चीनमा गहिरो अनुसन्धान गरे, जहाँ उनीहरूले विभिन्न स्थानहरूबाट लगभग १४६०० टिकहरू सङ्कलन गरे। यी मध्ये लगभग २ प्रतिशतले WELV आनुवंशिक ...
अनुसन्धानकर्ताहरू भन्छन्ः अमेरिकी मतदाताहरू चीनको अनलाईन प्रभावबाट निशानामा

अनुसन्धानकर्ताहरू भन्छन्ः अमेरिकी मतदाताहरू चीनको अनलाईन प्रभावबाट निशानामा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ असोज – एक चिनियाँ सामाजिक सञ्जाल प्रभाव अपरेशनले अमेरिकी मतदाताहरूको नक्कल गरिरहेको छ । अमेरिकी राजनीतिज्ञहरूलाई अपमानित गरिरहेको छ र संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५को राष्ट्रपति चुनाव अघि विभाजनकारी सन्देशहरू धकेलिरहेको छ । गुप्तचर कम्पनी ग्राफिकाको नयाँ अनुसन्धानले देखायो। यो अभियान एक ज्ञात चिनियाँ राज्य-सम्बन्धित प्रयासको भाग हो जसलाई विश्लेषकहरूले ‘स्प्यामफ्लाज’ वा ‘ड्रागनब्रिज’ डब गरेका छन् । जसले इन्टरनेटमा स्प्याम र लक्षित प्रचारको मिश्रणलाई धक्का दिन्छ। स्प्यामफ्लाज कम्तिमा २०१७ देखि सक्रिय छ तर विज्ञहरूका अनुसार चुनाव नजिकिँदै गर्दा यसले आफ्नो गतिविधिलाई तीव्र पारेको छ। यसले ५० भन्दा बढी वेबसाइटहरू, फोरमहरू र सोशल मिडिया प्लेटफर्महरूमा हजारौं खाताहरूको लाभ उठाएको छ। ग्राफिकाको अनुसन्धान टोलीको प्रबन्ध गर्ने ज्याक स्टब्सले भने, ‘यस प्रतिवेदनबाट मुख्य कुरा निकालि...
बंगलादेशमा शासन परिवर्तनपछि विधार्थीहरु तह लगाईए, हुन सकेन सक्रिय सहभागिता

बंगलादेशमा शासन परिवर्तनपछि विधार्थीहरु तह लगाईए, हुन सकेन सक्रिय सहभागिता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ असोज – बंगलादेशमा शुरु भएको विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण राजनीतिक परिवर्तन गर्यो सुरुमा सरकारी जागिरको कोटा सुधारको विरोधमा उत्रिएका यी विरोध प्रदर्शनहरू प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध आन्दोलनमा परिणत भए, जसले हसिनालाई राजीनामा दिएर भारत भाग्न बाध्य बनाए । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरिएको थियो। यो बंगलादेशको लागि महत्त्वपूर्ण क्षण हो । तर घटनाहरूलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्ने युवाहरू अब परिवर्तन भएको देखिन्छ। अन्तरिम सरकारले भ्रष्टाचार, सुशासन सुधार र देशमा शान्ति स्थापना जस्ता महत्वपूर्ण मुद्दाहरूको सामना गरिरहेको अवस्थामा युवाहरुसँग अपेक्षा गरिएको सहकार्यको कुनै पनि सम्भावना अन्धकार देखिन्छ। विद्यार्थी नेताहरू अन्तरिम सरकारको शासन र निर्णय प्रक्रियामा सक्रिय रूपमा संलग्न छैनन्। बरु ढाकाको सुव्यवस्था क...
परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ असोज – नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’ मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुगेकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स्...
धारा ३७० खारेजको ५ वर्षपछि जम्मू कश्मीरमा चुनाव हॅुदै, पहिलो चरणको मतदान जारी

धारा ३७० खारेजको ५ वर्षपछि जम्मू कश्मीरमा चुनाव हॅुदै, पहिलो चरणको मतदान जारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २ असोज – भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ । जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् । धारा ३७० खारेज भएको करिब ५ वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ । ५ अगस्त, २०१९ मा, अनुच्छेद ३७० खारेज गरेर, जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो । यी चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् । जबकि भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन् । लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गर...
ब्रिनोजद्वारा १५१ जनाको निःशुल्क कान चेकजाँच

ब्रिनोजद्वारा १५१ जनाको निःशुल्क कान चेकजाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असोज – बैजनाथ गाउँपालिकाको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज–५, फुल्टेक्राको आयोजनामा बैजनाथ–५, बनकट्वामा कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बैजनाथ–५ बनकट्वामा सम्पन्न कान स्वास्थ्य शिविरमा १५१ जना स्थानीयहरुको कान परीक्षण गरिएको जनाईएको छ । जस मध्ये पुरुष ४५ जना रहेका छन् भने महिला १०६ जना गरी जम्मा १५१ जनाको कान परीक्षण गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारुले जानकारी गराउनुभयो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगसहित सामान्य कान चिकित्सक तथा आउटरिच इन्चार्ज भीषण थारु, सामान्य कान चिकित्सक सीता थारुले कान चेकजाँच गरेका थिए । कान चेकजाँचको क्रममा कान पाक्ने रोगी २३ जना, कानेगुजी १५ जना तथा काने ढुसी २५ जनामा देखिएको आउटरिच इन्चार्ज भीषण थारुले जानकारी दिए । ...
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कपिलवस्तु, २८ भाद्र - कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघरबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरिन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थलसम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र ...
शिक्षकहरूलाई आधारभूत प्राथमिक उपचार तालिम

शिक्षकहरूलाई आधारभूत प्राथमिक उपचार तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र - वर्ल्ड भिजनको आयोजनामा चार दिने आधारभूत प्राथमिक उपचार तालिम बिहिबार सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा प्राथमिक उपचारको परिचय, घाइतेको जाँच, बेहोशी, सिपीआर, रक्तश्राव, टाउको तथा मेरुदण्डको चोट, हार्डभचाई, पट्टीहरूको प्रयोग विष र विषालु जानवरको टोकाई, वातावरणीय समस्या, घाइतेको ओसारपसार लगायत विषयमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासको माध्यमबाट सिकाइएको थियो । दुई चरणमा सञ्चालित उक्त तालिममा सामुदायिक विद्यालय र मदरसाका ४१ जना शिक्षक र शिक्षिकाहरूको सहभागिता रहेको कुरा वर्ल्ड भिजनका प्रतिनिधि तिलक केसीले जानकारी दिनुभएको थियो । तालिमको सहजकर्ताहरूमा नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखा अधिकृत झवि...