Friday, April 25सत्यम खबर
Shadow

पाटेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा पुनः माधवराम बर्मा चयन (फोटोफिचरसहित)

नेपालगन्ज, २६ भाद्र – श्री पाटेश्वरी आधारभूत विद्यालय भुजईगाउँ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को अभिभावक भेलामार्फत अध्यक्षमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिंदै विद्यालयका जग्गा दाता माधवराम बर्मालाई अध्यक्षमा चयन गरिएको छ ।

श्री पाटेश्वरी आधारभूत विद्यालय भुजईगाउँको अभिभावक भेला, पुरुस्कार वितरण तथा व्यवस्थापन समिति गठन कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

अध्यक्ष दिपककुमार बर्माले विद्यालयको उत्तरोत्तर प्रगतिको कामनाका साथै नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै विद्यालयलाई स्थानीय अभिभावकको रुपमा सदैव आवश्यक सहकार्य र सहयोग जारी राख्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *