Thursday, February 13सत्यम खबर
Shadow

वन तथा वातावरण मन्त्री कुर्मीद्वारा राजिनामा

नेपालगन्ज, २५ भाद्र – बाँके प्रहरीकोे कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धानमा रहेका लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

कुर्मीको राजीनामा मुख्यमन्त्री समक्ष कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पेश गरेको बताइएको छ । मन्त्री कुर्मीको राजीनामा भने स्वीकृत नभएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कुर्मीको राजीनामा आएको कांग्रेस संसदीय दलका नेता चौधरीले पुष्टी गरे ।

कुर्मी विरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा बाँकेमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाह विरुद्ध एकल महिला निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाह कै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । उनलाई कारवाही गर्ने माग गर्दै अधिकारकर्मी रुबी खान सहितको टोलिले काठमाडौंमा धर्ना र प्रदर्शन जारी राखेका छन् । कुर्मी बाँके क्षेत्र नम्वर ३ (ख) बाट काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *