गौरव स्मृतिको सराहनीय कार्य, भक्तजनहरुलाई पानी खुवाउँदै.. ((फोटोफिचरसहित)
नेपालगन्ज, २८ असोज – प्रत्येक वर्ष झै यस वर्ष पनि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले माता नव दुर्गा प्रतिमा बिर्सजन गर्न जाने भक्तजनहरुको लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको थियो ।
यस वर्ष बाँके जिल्लामा करीब ६ सय बढी माता नव दुर्गा भवानीको प्रतिमा विभिन्न स्थानहरुबाट डुडुवा गाउँपालिका वडा नं. ५ स्थित रहेको सिधनिया घाट (राप्ती घाट)मा बिर्सजन गरिएको छ ।
सोही क्रममा फत्तेबाल आँखा अस्पताल गेट अगाडी मुर्ति बिर्सजन गर्न जाने भक्तजनहरुको प्यास मेटाउन शुद्ध जल (खानेपानी) को व्यवस्थापन गरिएको गौरव स्मृति तथा बियोर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहले जानकारी दिनुभयो ।
खानेपानी व्यवस्थापनमा गौरव स्मृतिकी अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सचिव शुकराम ठाकुर, सहसचिव प्रेमा शाही, कोषाध्यक्ष विजय कोरी रहेका थिए भने सदस्यहरुमा शिवम् शाह, मुन्सी हज्जाम, अनिता बस्नेत, पास्कल ब...









