
नेपालगन्ज, २८ असोज – बाँकेको नेपालगन्जमा रहेको गुल्जार–ए–अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ ।
गुल्जार–ए–अदबद्वारा आयोजित मासिक गजल गोष्ठी प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी हुर्दै आईरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.११ भवानीवाग स्थित ईमाम बिन हम्बल विकास केन्द्र नेपालगन्जमा गुल्जार–ए–अदब बाँकेको आयोजनामा शनिवार उर्दू साहित्यकारहरुद्वारा “मुहब्बत बडाए सिकायत तमहारी” मिश्ररामा गजल गोष्ठीमा गजल वाचन गरिएको थियो ।
ईमाम बिन हम्बल विकास केन्द्र नेपालगन्जका मौलाना अन्सर नेपालीद्वारा सञ्चालित गजल गोष्ठीमा बयोबृद्ध उर्दू साहित्यकार सैयद असफाक रसूल हाशमीको अध्यक्षतामा समपन्न गजल गोष्ठीमा गुल्जार–ए–अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मोहम्मद उमर हलवाई, हाफिज अहमद हुसैन, मेराज अहमद हिमाल, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य मोहम्मद आरीफ अन्सारी, सैयद असफाक रसूल हाशमी, सुयेब अन्सारी, नूरुल हसन राई, मौलाना अन्सर नेपाली लगायतले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा बव्बु फारुकी, राशीद कमाल र जीलानी मेकरानीको सक्रिय सहभागिता रहेको थियो ।