Sunday, February 9सत्यम खबर
Shadow

४० जनाले गरे रक्तदान

नेपालगन्ज, २३ असोज – बर्दियाको गुलरिया स्थित रहेको दीप डेन्टल क्लिनिकको आर्थिक सहयोगमा स्व. दीपबहादुर राना स्मृति फाउण्डेसनको आयोजनामा महिला पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् ।

गुलरिया नगरपालिका वार्ड नं.६ मा आयोजित रक्तदान कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी लगायत ५ जना महिला र ३५ जना पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् ।

आयोजित रक्तदान कार्यक्रममा स्व. दीपबहादुर राना स्मृति फाउण्डेसनका संरक्षक तथा स्व. दीपबहादुर रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देवचन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रमको आयोजना उहाँको छोरा अभय रानाले गर्नु भएको थियो । रक्तदान कार्यक्रम सफल गराउनका लागी प्रचारप्रसार नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकीले गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा फाउण्डेसनका अध्यक्ष देवचन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकी, पवीता शर्मा, नेरेन केसी, सरीन श्रेष्ठ, सुनील कठायत, किरण गिरी, हेमन्तकुमार चौधरी, रिमाकुमारी थारु, रन चौधरी, राजेश अधिकारी, देवनारायण चौधरी, विजय बोहरा, मकसूद अहमद, मदन सिग्देल, कपली घिमिरे, सुरेश पौड्याल, रंजन राजबंशी, शिव गुप्ता, दिक्शान्त सिग्देल, उत्सव साह, बिप्लव पाण्डे, बिष्णुबहादुर कार्की, भवेष भाट, अर्जुन भुषाल, राममिलन मुराऊ, राजेश रेग्मी, महबूब अली सिद्दिकी, राजु सन्तकुमार यादव, तेजीता आचार्य, आर्यन बनिया, किन्नु पसाद चौधरी, बिजय वर्मा, नबिन चौधरी, प्रकाश श्रेष्ठ, कमलकुमार श्रेष्ठ, अरबिन्द दाहाल, श्याम सिंह थारु, अर्जुन थारु, चन्द्रबहादुर थारु, अस्मिता देवकोटा लगायतले रक्तदान गरेका छन् ।

कार्यक्रममा होमरजा गिरी, महेश रानाक्षेत्री, जानकी बडुवाल, सुनिता लगायतले प्राविधिकमा सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा मिडिया पार्टनरमा न्यूज टवन्टीफोरका पत्रकारले प्रचारप्रसार ज्योति पन्थी गर्नुभएको थियो भने कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरपालिका अध्यक्ष गंगाराम पाठक, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगरपालिकाका अध्यक्ष लोकराज ढुंगाना लगायत समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *