Tuesday, October 22सत्यम खबर
Shadow

तीन जिल्लाका सनातनी त्रिवेणी जाँदै

‘आलोक अवध’
कपिलवस्तु, २८ असोज – धर्मयात्रा अभियान अन्तर्गत कपिलवस्तु, रुपन्देही र परासी जिल्लाका सनातन प्रति आस्था राख्ने जनसमुदायको मोटरसाइकल यात्रा रैली हुने भएको छ ।
यही कार्तिक २ गते शुक्रवार कपिलवस्तुबाट शुरु हुने सो यात्रा कपिलवस्तुको बहादुरगंज, तौलिहवाको ताम्रेस्वर महादेव मन्दिर हुँदै रुपन्देहीको लुम्बिनी, मार्चवार, भैरहवा, धकाधइ, परासी हुँदै त्रिवेणी धाममा पुगी जल भरेर ताम्रेस्वर महादेव मन्दिरमा चढाउने कार्यक्रम रहेको छ ।


सो यात्रामा सयौ महानुभावहरुको सहभागीता रहने र सो को सफलताको शुभकामना कपिलवस्तु र रुपन्देहीका वरिष्ठ राजनीतिक व्यक्तिहरुले समाजिक संजाल मार्फत दिनु भएको छ । सो धर्मयात्राका संयोजक अनिल तिवारी धर्मयात्राको अभियानको पहिलो कडीको रुपमा कपिलवस्तुको रामघाटबाट जल भरी अयोध्यामा राममन्दिर उदघाटनको अवसरमा पैदलयात्रा गरी बिशेष चर्चा कमाउनु भएको थियो । उहाँ धर्मयात्रा अभियान अन्तर्गत अहिले १ करोड ८ लाख सिताराम लेखन पनि गरिराख्नु भएको छ र यो पदयात्रा उहाँले संयोजन गर्नु भएको तेस्रो अध्याय हो ।

उहाँ सनातन विकासको लागि एकजुट भै आ–अफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नु भएको छ । यो अभियानको लागि आमजनता लगायत समाजसेवी, राजनीतिकर्मी समेत सहभागी हुने कुरा एक सहभागीले बताउनु भयो ।
अगामी दिनमा सनातन विकासको लागी नियमित रुपमा कार्यक्रम भइ राक्ने कुरा संयोजक अनिल तिवारीले बताउनु भयो ।
श्री तिवारी बिगत ५२ दिनदेखि प्रत्येक साँझ ८ः०० बजेदेखि ९ः०० बजेसम्म आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्दै आइरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *