Friday, July 17सत्यम खबर
Shadow

आस्था

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ चैत – नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सोमवारदेखि सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँके, सगरमाथा ई.बो. स्कूल कारकाँदो, राजा खान, नेपाल ज्वैलर्स लगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम्म चल्ने आयोजकले जनाएको छ । उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्णबहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बाल अध...
ब्रिनोजको सहयोगमा १५१ जनाको निःशुल्क कान परीक्षण

ब्रिनोजको सहयोगमा १५१ जनाको निःशुल्क कान परीक्षण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोग तथा दाङ्ग जिल्ला गढवा गाउँपालिकाको आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १५१ जनाको निःशुल्क कान जाँच गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित सहयोग गरिएको निःशुल्क शिविरमा ६५ जना पुरुष तथा ८६ जना महिला गरी जम्मा १५१ जनाको कान जाँच निःशुल्क शिविर गढवा गाउँपालिका स्वास्थ्य चौकीमा आज सोमबार एक दिने शिविरको आयोजना गरी सम्पन्न गरिएको वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा १५१ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित २१ जना, काने गुजी २६ जना तथा कान कम सुन्ने १८ जना रहेको बताउनुभयो । आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार एक दिने निः...
बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ चैत – बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण फुटबलको तयारी बारेमा आईतबार छलफल भएको छ । छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो । अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गते सम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपुर्ण फुटबलको आयोजना गर्न लागिएको हो । आईतबार भएको छलफलका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपुर्ण फुटबलले महत्वपुर्ण सन्देश प्रवाह गर्ने बताउनु भयो । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीहरुको आत्मविश्वास बढ...
अवधी पत्रकार सघंमा २ जना मनाेनित

अवधी पत्रकार सघंमा २ जना मनाेनित

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बृजेश यादव कपिलवस्तु, १० चैत - अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिषकुमार गुप्ताले जानकारी दिनुभयो । अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो । मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपालको विधान अनुसार नियुक्ति गरीएको अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाका सचिव बृजेश यादवले बताउनुभयोे ।...
साहु समाज समितिको होली मिलन समारोह

साहु समाज समितिको होली मिलन समारोह

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ चैत – साहु समाज समिति बाँके एवं साहु समाज युवा समितिको संयुक्त आयोजनामा आज शनिवार होली मिलन कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ । साहु समाज समिति बाँकेका सचिव प्रदीप शाहद्वारा सञ्चालित होली मिलन कार्यक्रममा साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षता, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न होली मिलन कार्यक्रममा साहू समाज युवा समितिका अध्यक्ष रामकिसुन साहुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–५ स्थित श्री राधाकृष्ण मन्दिरमा सञ्चालित होली मिलन समारोह कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बस्नेतले साहू समाजको बारेमा प्रकाश प...
सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ चैत – भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा भारत सरकारको गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथुरिटी आँफ इण्डियाको आयोजनामा भारत नेपाल सीमामा होलीको शुभ अवसरमा रुपईडीहा इंटीग्रेटेड चेक पोष्ट सभाहलमा लैंड पोर्ट अथुरिटी आँफ इण्डियाले गरेको होली मिलन समारोह तथा हाँस्य कवि सम्मेलन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम नगर पञ्चायत रुपईडीहाका प्रमुख डाक्टर उमाशंकर वैश्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल र भारत दुबै ठाउँबाट कविहरुले आफ्ना आफ्नो रचना सुनाएका थिए र कार्यक्रममा रचना सुनाएर मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन कवि तिलकराम अजनबीले गरेका थिए । सर्व प्रथम लैंड पोर्ट आँफ इण्डियाका प्रबन्धक सुधीर शर्माले कार्यक्रममा अतिथिहरुलाई पुष्प गुच्छा प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रममा कवि वीरेश पाण्डेयद्वारा वन्दना आरती प्रस्तुत गरी सम...
ट्राफिक इन्चार्ज बरिष्ठ सई आचार्य नगदसहित पुरस्कृत

ट्राफिक इन्चार्ज बरिष्ठ सई आचार्य नगदसहित पुरस्कृत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ चैत – नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यलाई नगदसहित पुरस्कृत गरेको छ । नेपाल प्रहरीको नीति, निर्देशन अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रसंशनीय ढंगबाट कर्तब्यनिष्ट र अनुशासित भई सन्तोषजनक रुपमा सम्पन्न गरेको भन्दै प्रहरी प्रधान कार्यालयले आचार्यलाई नगदसहित पुरस्कृत गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तर्गत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यले आफूले पाएको जिम्मेवारी नेपाल प्रहरीको नीति र निर्देशनलाई कर्तब्यनिष्ठ र अनुशासित भई जिम्मेवारी पूरा गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ । नेपालगन्जको अब्यवस्थित ट्राफिक ब्यवस्थापनलाई आचार्यले ब्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । उनले ट्राफिक ब्यव...
राज्यको फितलो कानुनले बाल सुधारगृहमा पटक पटक झडप

राज्यको फितलो कानुनले बाल सुधारगृहमा पटक पटक झडप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ चैत – राज्यद्वारा निर्माण गरिएको फितलो कानुनले गर्दा जयेन्दु बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको स्थानीयहरुको आरोप रहेको छ । गत वर्ष यस्तै झडप हुँदा एकजनाको ज्यान समेत गएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–६ को आसमानपुर स्थित रहेको जयेन्दु बाल सुधारगृहमा पटक पटक झडपको स्थिति किन आउने गरेको छ, त्यसको समिक्षा गर्नुपर्ने जानकारहरु बताउँछन् । केही दिन अगाडी मात्र जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दी वीच झडप हुँदा ६ जना घाईते भई भेरी अस्पतालमा उपचाररत रहेका थिए भने प्रहरीलाई बल प्रयोग गरी बाल सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाईएको स्थानीयहरुको भनाई रहेको छ । घटना फागु पुर्णिमाका दिन राती करीब १२–१ बजेको बीच दुई पक्षमा विवाद हुँदा झडप हुनुका साथै बिहान बालबन्दीहरुले प्रहरीलाई कुटपिट गरी बाहिर भगाई सुधारगृहमा आगजनी गर्नुका साथै ढंगामुढा समेत गरे...
महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

महेन्द्र पुस्तकालयले दियो उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ चैत्र – महेन्द्र पुस्तकालय नेपालगन्जले बाँकेमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशी नगद २१ हजार रहेको छ । डा. कृष्ण जङ्ग राणाद्वारा स्थापित शान्ता राणा शैक्षिक पुरस्कार त्रिभुवन नमुना मावि कोहलपुरकी छात्रा श्री संगिता कटुवाललाई प्रदान गरिएको हो । जिल्लाका सामुुदायिक विद्यालयहरुका कक्षा १२ का छात्राहरुमध्ये सबै भन्दा उत्कृष्ट अंक ३.५८ जीपीए प्राप्त गरेकी कटुवाललाई पुरस्कार प्रदान गरिएको हो । पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा नेपालगंज उप–महानगरपालिकाका कार्यवाहक प्रमुख श्री कमरुद्दीन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसमेतको सहभागिता रहेको पुरस्कार वितरण कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्राज्ञ शशीर...
निबन्ध प्रतियोगिता सम्पन्न

निबन्ध प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए । विश्...