Saturday, April 26सत्यम खबर
Shadow

कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

नेपालगन्ज, २१ चैत – कृष्णसार एफएम ९४ मेगाहर्जले १६ औं बार्षिकोत्सवको अवसर पारेर विहीवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमममा रेडियोका कार्यकारी प्रमुख तुला अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरीले रक्तदान गर्नुभयो ।

यस्तै रेडियोमा कार्यरत कुशल विश्वकर्मा, नेपाल स्वयंमसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्वास्थ्य इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, नेपालगन्जका रिनु खत्री र लक्ष्यबहादुर विश्वकर्मा लगायत एक दर्जनले रक्तदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रेडियोका कार्यकारी निर्देशक तुला अधिकारीले रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गर्नु भएको थियो । कृष्णसार एफएम ९४ मेगाहर्जले १७औं वर्ष प्रवेश गरेको अबसरमा चैत्र १४ गते शुभकामना आदान–प्रदान कार्यक्रम गरेको थियो ।

२०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारी पछिको आर्थिक मन्दीलगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *