Friday, April 17सत्यम खबर
Shadow

प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठानको भेला कार्यक्रम शनिबार हुने

नेपालगन्ज, ८ असोज – प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७ ले भोलि शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल वैश्य रहेका छन् । अहिलेसम्म प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य नियमित रुपमा गर्दै आएको छ ।


प्रतिष्ठानको स्थापनाको लागि स्व. श्रीरामगोपाल वैश्यको छोरा अजयकुमार गुप्ताले आफ्नो बुवाको स्मृतिको लागि १ लाखभन्दा बढी रकम अक्षय कोष स्वरुप प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । तर वर्तमान समयमा उक्त रकम अध्यक्ष नन्दलाल वैश्य र शैलेन्द्रकुमार वैश्यको नाममा संयुक्त बचत खाता एनआईसी एसिया बैंकमा जमा रहेको छ ।
सो रकम प्रतिष्ठानको नाममा राख्ने उद्देश्य लिएर यो भेला कार्यक्रमको आयोजना गरिएको बुझिएको छ । भेलाबाट अगामी नेतृत्वको चयन हुने अनुमान गरि प्रतिष्ठानको कार्यक्रम अझ तिब्र रुपले बढाउने यहाँका सञ्चारकर्मीहरु अहिले लागी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *