Thursday, September 25सत्यम खबर
Shadow

नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

नेपालगन्ज, ७ असोज – फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा नि:शुल्क आँखा शिविर आज विहिबार सम्पन्न भएको छ ।

उक्त स्वास्थ्य चाैकी हिरमिनियामा सञ्चालन गरिएकाे निःशुल्क शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ३६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा रिफर गरिएको प्रबन्धक काैशलकुमार बर्माले जानकारी गराउनु भयाे ।

प्रबन्धक बर्माले दिएकाे जानकारी अनुसार पहिलाे चरणको बृहत नि:शुल्क आँखा शिविर कारागार कार्यालय नेपालगन्जबाट शुरू भई बालसुधार गृह अस्मानपुर र भाद्र २३ गतेदेखि असोज ७ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा सञ्चालन गरिएकाे बताउनु भयाे ।

उक्त नि:शुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ७ सय २६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा रिफर गरिएको छ । रिफर गरिएका मध्ये असोज ६ गतेसम्म ३ सय ३० जनाकाे शल्यक्रिया भइसकेको छ भने ३ सय ९६ जनाकाे शल्यक्रिया गर्न बाँकी रहेकाे जानकारी गराउँदै प्रबन्धक बर्माले शल्यक्रियाका लागि बिरामीहरूको आउने क्रम जारी रहेकाे बताउनु भयाे ।

अर्को चरणको बृहत नि:शुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेज कोहली रुइत फाउन्डेसनको संयुक्त सहकार्यमा असाेज ११ गतेदेखि १४ गतेसम्म बर्दिया जिल्लाकाे बारबर्दिया नगरपालिकाकाे सबै वडाहरूलाई समेट्ने गरि ८ स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन हुन गईरहेको समेत प्रबन्धक बर्माले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *