Monday, April 20सत्यम खबर
Shadow

चीनको विरोधमा युवा संघद्वारा विरोध प्रदर्शन

काठमाण्डौ, १३ असोज – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।
हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठनले विरोध प्रदर्शन गरेको हो।


सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए। सरकारले हुम्लाको लिमिलाप्चदेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले प्रतिवेदनसमेत गृहमन्त्रीलाई दिइसकेको छ। उक्त प्रतिवेदनमा दुवै मुलुकले संयन्त्र बनाएर सीमालगायतका विषयहरुबारे छलफल गर्ने उल्लेख छ।
केपी ओली नेतृत्वको यसअघिको सरकारले भने नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *