Tuesday, April 21सत्यम खबर
Shadow

अपडेटः १११ जनाको बाढीपहिरोमा मृत्यु, ४२ घाइते

नेपालगन्ज, ६ कार्तिक – अविरल वर्षाको कारण कार्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १ सय ११ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा विपदका घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, बाटो अवरोध हटाउने लगायत काम भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *