
नेपालगन्ज, २५ पाैष – १४३ औ मेल्भीन जोन जन्मजयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज आईतबार दृष्टिबिहिन छात्राबासका दृष्टिविहीन विद्यार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण गरिएकाे छ ।
लायन्स क्लब अफ नेपालगन्ज पञ्चशील तथा पिएनएलएफ क्लबको संयुक्त आयोजनामा लायन्सका जन्मदाता मेलविन जोन्स को १४३ औं जन्मदिनको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज नेपालगन्ज वार्ड नं. १३ बुलबुलिया स्थित दृष्टिविहीन छात्रावासमा रहेका ३५ जना दृष्टिविहीन विद्यार्थीहरूलाई गिफ्ट ह्याम्पर तथा मास्क वितरण गरिएकाे पञ्चशीलका अध्यक्ष भावना सापकाेटाले जानकारी गराउनु भएकाे छ ।
अध्यक्ष सापकाेटाका अनुसार सामाजिक सेवाको एक शताब्दी वर्ष पुरा भएकाे अवसरमा अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशल नेपालमा स्थापना भएको पनि ५० वर्ष भई सकेको हुँदा लायन्स क्लबहरूले साप्ताह ब्यापी कार्यक्रम गर्न लागेकाे बताउनुभयाे ।

