
आकाश गुप्ता
नेपालगन्ज, ५ माघ – नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार आज बुधबार भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेकपा ( माओवादी केन्द्र ) बाँके का अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्दबहादुर चन्दलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
अस्पताल बिकास समिति सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री (प्रमेश) लगायतका नेताहरुको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ ।
भेरी अस्पताललाई हस्तान्तर गरिएकाे स्वास्थ्य सामाग्रीहरूमा एन्टिजेन किट्स – २ बकस, अक्सिजन सिलिन्डर (ठूलो) – १ थान, मास्क – १५ प्याकेट, पिपिइ – १० सेट, पल्स अक्सिमिटर १२ थान रहेकाे छ ।
