
मितिः २०७८ फागुन ८ गते
शुभम् शर्मा
यतिखेर स्वास्थ्य सेवा क्षेत्रमा ब्रम्हलूट नै मच्चेको छ । सम्पूर्ण विश्व कोरोना भाइरसबाट पीडित बनेपछि यहाँ बाँके जिल्लामा पनि व्यक्ति यसबाट पीडित बने । व्यक्ति कोरोनाबाट ग्रसित बनी उपचारको लागि अस्पतालमा भर्ना भएपछि चिकित्सा दिइने क्षणमा उनीहरुलाई खुबै ठगियो । कोरोनाको कारण एक किसिमले अधिकांश व्यक्ति मर्कामा परे उनीलाई दुई छाक टार्न समेत धौ–धौ प–यो अहिले कोरोनाबाट केही निजात मिलेको छ तर सर्वसाधारण विभिन्न रोगबाट ग्रसित बन्न थालेका छन् ।

अहिले के कसो भएको हो केहीहरुमा अकस्मात छाती दुख्ने र केही छिनमा नै उनीको मृत्यु भइरहेको देखिएको छ । यस प्रकार मृत्यु हुनेहरुको संख्या बढी छ व्यक्तिहरु धमाधम मर्न थालेपछि केही शंका उपशंकाको स्थिति बनेको छ । केही दिनअघि यहाँ चिसो धेरै नै बढेको थियो यस कारण चिसोको प्रभावले व्यक्तिको मृत्यु भएको अडकल लगाइयो यसमा केहीहरु गलत खानपान र अस्वस्थ्यकर खाने तेलको उपभोगको कारण छाती दुख्ने र पछि हृदयघात हुने अडकलबाजी गरियो तर यसैबीच केहीहरुले भने कोरोना भ्याक्सिनको कुप्रभावबाट यस्तो मृत्युहरु भइरहेको कुरा चर्चा परिचर्चामा छ । वास्तविक कारण के हो सर्वसाधारणहरुले बुझ्न सकी रहेका छैनन् व्यक्तिलाई कोरोनाको भ्याक्सिन त दिइयो तर अब उनीको हाल बुझ्ने कोही पनि छैन यस कारण भ्याक्सिन लगाएपछि उनीको स्वास्थ्य स्थिति बुझ्नुपर्ने आवश्यक भएको देखिन्छ । अहिले स्थिति यो छ कि व्यक्तिको थोरै छाती दुख्दा उनी अस्पतालमा पुगी स्वास्थ्य परीक्षण गराई रहेका छन् यसमा उनीहरुलाई स्वास्थ्य जाँचको चर्काै फी तिर्नु परी रहेको छ व्यक्ति भारी संख्यामा बेरामी पर्न थालेपछि स्वास्थ्यमा ब्रम्हलूट नै मच्चेको छ । स्वास्थ्यमा ब्रम्हलूट हुनु कुनै नौलो कार्य होइन तर दुःखको कुरा छ स्वास्थ्य जाँचमा ब्रम्हलूट कार्य चरममा बढेको छ यस्तो कार्य एकदमै गलत हो । स्वास्थ्य क्षेत्रमा यति लूट व्याप्त भएको छ जसलाई भन्नु साध्य छैन । कुकुर, भालु, स्याल लगायत जनावरले टोक्दा रेबिजको भ्याक्सिन लगाउनुपर्छ । अस्पतालबाट निःशुल्क रुपमा रेबिजको भ्याक्सिन लगाउने गरिएको छ यो रेबिज भ्याक्सिन भरपर्दाे छैन, रेबिजबाट बच्नुछ भने ईरीज ४० भ्याक्सिन लगाउनु पर्छ यस्तो झूठो कुरा भनी भेरी अस्पतालका डाक्टरहरु अस्पताल रोडमा संचालित म.प. पोलिक्लिनिकबाट सो भ्याक्सिन खरीद गरेर ल्याउने कर लगाएका छन् । यो इरीज ४० भ्याक्सिन नेपालमा दर्ता छैन । यसको अतिरिक्त यो घोडाले टोक्दा मात्र लगाइन्छ तर म.प. पोलिक्लिनिक सीमावर्ती भारतीय बजार रुपैडिहाबाट अति कम मूल्यमा भ्याक्सिन खरीद गरेर ल्याउँछ तर सो भ्याक्सिन त्यसले १२ हजार मूल्यमा बिक्री गरी रहेको छ यस्तो ठगीपूर्ण कार्यमा सो पोलिक्लिनिक मात्र जिम्मेवार छैन यस भ्याक्सिनबाट कमीशन खाने भेरी अस्पतालका तमाम डाक्टरहरु छन् यस कारण स्वास्थ्य क्षेत्रमा यस्तो ठगी गर्ने त्यस्ता डाक्टरहरुमाथि कडा कारवाही हुनुपर्ने जरुरी
छ । बाँके जिल्लामा स्वास्थ्य क्षेत्रमा ठगी बढ्दै गएको छ । यस्तो ठगी कार्यमाथि नियन्त्रण ल्याउनुपर्ने अति नै जरुरी रहेको
देखिन्छ ।
