वडा १०मा युवा संघ गठन
नेपालगन्ज, ४ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०मा नेकपा एमालेको भातृ संगठन युवा संघ गठन भएको छ ।
राजेन्द्र आरसीको अध्यक्षतामा २१ जना युवाको वडा कमिटि गठन भएको हो । जसमा उपाध्यक्ष पारस साहु, सचिव कुसुम बडवाल रहेका छन् । यसैगरी सदस्यहरुमा किशान साहु, मुकेश साहु, करन वेश, मेहना साहु, प्रसान्त शर्मा, विक्रान्त मण्डल, मनिसा श्रेष्ठ, आरोग्य रावल, मनि फडे, पवन शर्मा, टेड वहुवाल, हरि वि.सी. लगायतका रहेका छन् ।
भेलामा नेपालगन्ज उप–महानगरपालिका नगर अध्यक्ष दत्तप्रसाद आर्चायले युवा भनेका आजका कणधार भोली देश हाक्ने शक्ति भएका कारण राजनीति बुझ्न जरुरी रहेको बताउँदै अबको देश हाक्ने युवा भएका हुनाले वडा वडाका युवाहरु संगठीत भएर राजनीतिमा लाग्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष आचार्यले आगामि चुनाब जित्न पनि युवाहरुको ठूलो भुमिका रहने हुँदा सबै वडामा युवा संघ गठन गर्नुपर्ने बताउनु भयो ।
य...









