Saturday, April 18सत्यम खबर
Shadow

प्रजातन्त्र दिवसमा १ सय ८ जनाले गरे रक्तदान

नेपालगन्ज, ८ फागुन – प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरु प्रति उच्च सम्मान सहित बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा पाँचौ बृतह रक्तदान कार्यक्रममा महिला, पुरुष गरी १ सय ८ जनाले रक्तदान गरेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका सैनवार बर्दियाका प्रमुख घननारायण श्रेष्ठले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सो प्रकाश सापकोटालाई हस्तान्तरण गर्दै १ पीन्ट रगत दिएर रक्तदान कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाँले अहिलेसम्म ६औं पटक रक्तदान गरी सक्नु भएको छ ।


सो कार्यक्रममा संचारकर्मी पवन जायसवाल ९० औं पटक रक्तदान गरेका छन् । यसरी सो कार्यक्रममा गरिमा बिकास बैंक भुरीगाउँका मैनेजर यादवप्रसाद पन्तले ३४ औं पटक, खानेपानी उपभोक्ता संघ भुरीगाउँका उपाध्यक्ष चन्द्रमणि पौडेलले २८ औं पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष चल्टुराम थारुले १७ औं पटक, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञप्रसाद नेपाल, ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ का वडाध्यक्ष श्यामलाल थारु, बिनोदकुमार थारु, अनिलकुमार थारु, चेतप्रसाद श्रेष्ठ, पञ्चराम थारु, रुबि श्रेष्ठ, बिना भट्टराई, राकेश थारु, गंगाथारु, हरिराम थारु, लक्ष्मी थारु, घनश्याम न्यौपाने, दुखुवाथारु, लक्षमण खरेल, गोपाल निरौला, जनककुमार थारु, जानकी पाण्डे, कालुरामथारु, रमेश थारु, नारायण बिक, केसरा पौडेल, अर्जुन भण्डारी, आशाबिक, शैलेश खत्री, प्रेमप्रसाद कडेल, सुशान्त कडायत, शान्तिप्रसाद शर्मा, सन्तोष थारु, मन्तराम थारु, कृष्णप्रसाद पोखरेल, अजय थारु, हरिहर पौडेल, जनक भण्डारी, मेनुका पौडेल, मञ्जु लामिछाने, एलिना थापा, दिपक चौधरी, हिरा भट्टराई, मिथिला थापा, चन्दकुमार थारु, शेरबहादुर बोकटी, छविलाल लम्साल, खेमराज ढकाल, गोपाल निरौला, हरिप्रसाद चौधरी, प्रकाश दाहाल, भिखारा थारु, सुजन सापकोटा, भूपेन्द्र खनाल, दिपक महरा, खडकलाल पन्थी, दिपाकुमारी शाही, भिम प्रसाद ढकाल, महेश थारु, टिकाराम थारु, सुमन खनाल, मनिकला पाण्डे, नवराज पुरासैनी, हरिचन्तु थारु, बिजय खनाल, सीता दहित, पार्वती खराल, उमाकुमारी मल्ल, सञ्जु गिरी, रेखा चौधरी, हरिहरप्रसाद चौधरी, सुरेश चौधरी, हेमराज आचार्य, रिता चौधरी, सन्तोषकुमार थारु, सुजना सिरनेट मगर, गोपालप्रसाद घिमिरे, निशेष खराल, सन्देश शाही, रबिन बैद्य, दिपक लामा, सुनिलचन्द, अनुपकुमार थारु, डम्मर कामी, ठाकरसिंह थारु, छबिलाल लम्साल, शेरबहादुर बोकटी, आशिष तिमिल्सिेना, शंकर गौतम, मन्दिप मल्ल, अनोज नेपाली, लक्षमणकुमार गौली, ऐनराम थारु, सुष्मा तिमिल्सिेना, चक्रमणि आचार्य, राहुल चौधरी, किरन मरासैनी, मनो रावत, हेमराज अधिकारी, मन्दराम न्यौपाने, राजु चौधरी, गंगाराम जैसी, फुलकुमारी नेपाली, सुमन बुढापृथी, प्रकाश न्यौपाने, कुन्ती गौली, अनिलकुमार थारु, यसरी सो कार्यक्रममा मधुसुदन गडतौला, खगेन्द्रबहादुर शाही, राजेश थापा, लिलाराम खनाल, जितबहादुर श्रेष्ठ, तिलक गडतौला, दानबहादुर बोहरा, राजेशकुमार बजगाईं, उमेश थारु, रामफल चौधरी लगायत १ सय८ जनाले रक्तदान गर्नु भएको छ ।


बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा, सुनिता कुमाई, सोनकुमारी चौधरी, सन्दिप आचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी, बीरेन्द्र योगी, प्राविधिकमा लक्ष्मीशाही, ज्ञानु परियार, रेखा चौधरी लगायतले कार्यक्रममा सहयोग गर्नु भएको थियो ।


सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्साल, ठाकुरबाबा नगरपालिकाका स्वास्थ शाखाका प्रमुख इन्द्रबहादुर राजबंशीको कार्यक्रममा सक्रिय सहयोग रहेको थियो । वीर शहिदहरुप्रति उच्च सम्मान सहित प्रजातन्त्र दिवसको अवसरमा फागुन ६ गते गते शुक्रवार आयोजित रक्तदान कार्यक्रममा रेडियो टाइगर, विकास प्रेमी युवा समूह, ईलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँ, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति, सिको साकोस भुरीगाउँ, किसान कमैया कल्याण साकोस बनकट्टी, सुमन साकोस शाहीपुर हिमालय साकोस बगनाहालगायत नौ वटा संघ संस्थाको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा व्यापारी, स्वयंसेवी रक्तदाता, समाजसेवी, युवा, पत्रकारलगायत १ सय ८ जना महिला, पुरुषले रक्तदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *