
कृष्णनगर, ४ फागुन – कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा रहेको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
ईसिएचओ र आईओएमको सहयोगमा आएको औषधी कपिलवस्तु कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको हो ।

सेभ द चिल्ड्रेन र आसमान नेपालद्वारा सञ्चालित कोभिड आइशोलेशन हेल्प डेक्ललाई सामाग्री हस्तान्तरण गरिएको हो ।
औषधि हस्तान्तरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डे र जिल्ला प्रहरी कार्यालय प्रमुख दानबहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल र कृष्णनगर नगरपालिकाको रोहबरमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
ईसिएचओ र आईओएमको सहयोगमा १२ प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।
