Friday, June 26सत्यम खबर
Shadow

आस्था

दोस्रो वार्षिकोत्सव भब्य रुपले मनाईयो मधेश मिसनले होली शुभकामना कार्यक्रमको आयोजना गर्ने

दोस्रो वार्षिकोत्सव भब्य रुपले मनाईयो मधेश मिसनले होली शुभकामना कार्यक्रमको आयोजना गर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – एकता शिक्षा समाज कल्याण संस्था जानकी गाउँपालिका वडा नं. १ पचपोखराले आफ्नो दोस्रो वार्षिकोत्सव भब्य रुपले मनाएको छ ।दोस्रो वार्षिकोत्सवको प्रमुख अतिथि तथा मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले गतवर्ष भन्दा फरक तवरले संस्था आफ्नो वार्षिकोत्सव मनाएको तथा उसको प्रत्येक पाईला सकारात्मक पहल र समाजको विकासका गतिविधिलाई गतिशिल बनाउने भएको हुँदा आउने दिनमा समेत यसले फरक पहिचान कायम गर्न सकोस भनी शुभकामना प्रदान गरेका थिए । दोस्रो वार्षिकोत्सव कार्यक्रममा मधेश मिडिया मिसन नेपालका सल्लाहकार अजयकुमार गुप्ता, शाखा सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, देवीदयाल मिश्रा, शुभम् शर्मा, आकाश गुप्ता, शिक्षक चित्रकुमार तिवारीलगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष सकिल अहमद राईको सभापत्विमा सम्पन्न भएको थ...
एनएमए र होलिल्यान्डको जित

एनएमए र होलिल्यान्डको जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – अन्तर स्कुल मेयर तथा उपमेयर क्रिकेट प्रतियोगिता शनिबारदेखी सुरु भएको छ । महिला तर्फको खेल नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको मैदानमा सुरु भएको छ भने पुरुष तर्फको खेल कोहलपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको छ ।महिला तर्फ पहिलो दिनको खेलमा एनएमए र होलिल्यान्डले जित हासिल गरेका छन । एनएमएले ब्राइटल्यान्डलाई १ सय ६२ रनको फराकिलो अन्तरले हरायो । चमेली चौधरीले सानदार ब्याटिङ गर्ने क्रममा अविजित रहँदै सतकको पारी खेलेपछि एनएमएले सुरुआतमा ब्याटिङ गरेर २ सय १६ रन बनाएको थियो । एनएमएका लागि चमेलीले १ सय १२ रन, एलिना चौधरीले २२ रन र अन्जली चौधरीले अविजित २० रन जोडिन । वुमन अफ द म्याच चमेलीले खेलमा २५ चौका प्रहार गरेकी थिइन । ब्राइटल्यान्डकी सर्मिला मगरले १ विकेट लिइन । जवाफ ब्याटिङमा १८ ओभर खेलेको ब्राइटल्यान्डले ७ विकेटको नोक्सानीमा ५४ रन मात्र बनाउन सक्यो ...
नवदुर्गा युवा क्लब बिजयी

नवदुर्गा युवा क्लब बिजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ फागुन – बाँके जिल्ला लिग फुटबलमा शनिबार भएको खेलमा नवदुर्गा युवा क्लबले जित हासिल गरेको छ । नेपालगन्ज रंगशालामा भएको खेलमा नवदुर्गाले मोडेल टिमलाई १–० ले पराजित गरेको छ । नव दुर्गाका निराजन शाहले ४२औं मिनेटमा गोल गरेका थिए । दोस्रो खेल भने विवादका कारण रोकिएको छ । न्यु डाँफे र युनाइटेड क्लबबिचको खेलमा सकिन १० मिनेट बाँकी रहँदा दुइ खेलाडीबिच विवाद उत्पन्न भएको थियो ।विवादका कारण खेलको निर्णय हुन सकेन । यसका बारेमा आयोजक बाँके जिल्ला फुटबल संघले आइतबार उक्त खेलका बारेमा निर्णय गर्ने बताइएको छ ।...
गण्डकी र मधेस प्रदेशबीच धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने

गण्डकी र मधेस प्रदेशबीच धार्मिक र पर्यटकीय सम्बन्ध जोडिने

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ फागुन – संघीयता सुदृढ पार्न संघ सरकार वाधक रहेको भन्दै गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीले अधकिार प्राप्तिका लागि प्रदेश सरकारहरु एकमत भएर अगाडि बढुनुपर्ने बताएका छन् ।मधेस र गण्डकी प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा जनकपुरमा भएको छलफलमा बोल्दै दुवै मुख्यमन्त्रीले अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत रहेकाले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु आवश्यक रहेको बताए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजस्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरु पूरा हुने अवस्था नरहेको बताए । उनले भने, ‘नेपाल सरकारले अझ पनि केन्द्रीय कार्यालयहरु हटाएको छैन । कर्मचारी समायोजनमा पर्याप्त भूमिका खेलेको छैन । शान्ति सुर...
महिला अधिकार र उनको दायित्व राष्टव्यापी अभियान शुरू

महिला अधिकार र उनको दायित्व राष्टव्यापी अभियान शुरू

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, २१ फागुन - इस्लामी संघ नेपालले प्रेस काउन्सिल मार्फत महिला अधिकार र उनको दायित्व राष्ट्रब्यापी अभियान फागुन २० गतेदेखि २६ गतेसम्म चलाउने इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव बद्रे आलम खाले जानकारी गराउनु भएको छ । कार्यक्रममा जानकरी गराउँदै आलम खाले संस्थाको बारेमा ईस्लामी संघ नेपाल एउटा धार्मिक तथा सामाजिक संस्था हो, जसले विगत ३७ बर्षदेखि आफ्नो धार्मिक सचेतना तथा अन्तरधार्मिक सौहार्द र वातावरणका साथ मुसलमानहरूको धार्मिक, सामाजिक, शैक्षिक उन्नतिको लागि आफ्नो दायित्व निर्वाह गर्दै आएको छ । हाल इस्लामी संघ नेपालले मुस्लिम समुदायमा मात्र नभई देशका अन्य दाजुभाइलाई पनि महिलाको हक-अधिकार सम्बन्धी इस्लामको शिक्षाका बारेमा सचेत गराउनु पर्ने अवश्यकता महसुस गरेको छ । यी कुराहरुलाई ध्यानमा राखी यही मिति २०७८ साल फागुन २०-२६ गतेसम्म तदनुरूप २०२२ मार्च ४-१० सम्म देशव्यापी...
नेपाली सेनालाई भारतीय सेनाको निरन्तर सहयोग, थप एक लाख डोज खोप हस्तान्तरण

नेपाली सेनालाई भारतीय सेनाको निरन्तर सहयोग, थप एक लाख डोज खोप हस्तान्तरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० फागुन – भारतीय सेनाले नेपाली सेनालाई निरन्तर सहयोग गर्दै आएको छ । विभिन्रुन सैन्य उपकरणका साथै सुरक्षा चासोका सामग्रीहरु नेपाली सेनालाई भारतले सहयोग गर्दै आएको छ । कोरोना महामारीको पछिल्लो समयमा भारतीय सेनाले नेपाली सेनालाई विभिन्रुन स्वास्थ्य सामग्रीहरु प्रदान गर्दै आएको छ । फागुन १२ गते भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन् । भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई सो खोप उपहार स्वरुप प्रदान गरेको हो । यसअघि पनि भारत सरकारले नेपाललाई खोप उपलब्ध गराएको थियो । कार्यक्रममा लेफ्टिनेन्ट जनरल अनन्थनारायणल...
युवा मानसिकताको व्यवस्थापन आवश्यक छ : मन्त्री अथक

युवा मानसिकताको व्यवस्थापन आवश्यक छ : मन्त्री अथक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० फागुन – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देश निर्माणका लागि युवाजन्य मानसिकताको ब्यवस्थापन आवश्यक रहेको बताउनु भएको हो । परिषदका अध्यक्ष समेत रहनु भएका मन्त्री अथकले युवाहरुलाई असल कार्यका लागी मानसिक रुप मै तयार गर्नुपर्ने बताउनुभयो । नेपालमा तिन थरीका युवाहरु रहेको जिकिर गर्दै मन्त्री अथकले भन्नुभयो, “एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सिप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जिवनदेखी निराश भएका तेस्रो थरी युवाहरु पनि हाम्रै समाजमा छन ।” उनीहरुलाई एउटै शुत्रमा बाँधेर नयाँ जिवन कसरी देखाउन सक...
न्यु डाँफे र जय किसानलाई सफलता

न्यु डाँफे र जय किसानलाई सफलता

आस्था, खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, २० फागुन – बाँके जिल्ला लिग फुटबलमा न्यु डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन ।बिहिबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यु डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ । न्यु डाँफेका लागि बिमल बस्नेतले ३४औं मिनेटमा र अनिल विकले ४२औं मिनेटमा गोल गरेका थिए । मोडेलका लागि रोशन पुन मगरले ९औं मिनेटमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन । दोस्रो खेलमा जय किसानले बुद्ध युवा क्लबलाई १–० ले हरायो । जय किसानका लागि दिक्षान गिरीले २१औं मिनेटमा गोल गरेका थिए ।बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ...
प्रदेश बिश्व बिद्यालय खजुरा मै हुनुपर्ने माग

प्रदेश बिश्व बिद्यालय खजुरा मै हुनुपर्ने माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ फागुन - लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश बिश्व बिद्यालय अन्यत्र सार्न प्रयास गरेको भन्दै खजुरा गाउँपालिकाले आपत्ती प्रकट गरेको छ । बिश्व बिद्यालयका लागि एक सय बिगाह जमिन कानूनी रुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट मार्फत खजुरामा लम्बिनी प्रदेश स्तरीय बिश्व बिद्यालय स्थापना गर्ने घोषणा भएको थियो । त्यसका लागि पालिकाले खजुरा गाउँपालिका वडा नंम्बर ८ रनियापुरमा एकसय बिगाह जमिन नापी गराई प्रदेश बिश्व बिद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नंम्बर ८ मा सर्वपक्षिय छलफल र निर्णण गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्पूण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउनु भयो । बाँकेमा बिगत देखिनै बिश्व बिद्या...
प्राचीन हिन्दु शम्शान भूमिमा महाकाल मन्दिर निर्माणका लागि सबै लागौं

प्राचीन हिन्दु शम्शान भूमिमा महाकाल मन्दिर निर्माणका लागि सबै लागौं

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – २०७९ सालमा हुने स्थानीय निर्वाचनबाट विभिन्न पदका उम्मेदवार बन्ने इच्छुक उम्मेदवारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ बुलबुलिया गाउँ नजिक स्थापित रहेको प्राचीन हिन्दु शम्शान भूमिमा दशकौं अघि महाकाल मन्दिर निर्माण गर्ने परियोजनका लागि हालिएको जगमा महाकाल मन्दिर बनाउन ईच्छुक कोही छ, जसले यहाँ आफू विजयी भए यहाँ महाकाल मन्दिर बनाई दिनेछु यो कुरा आफ्नो चुनावी घोषणा पत्रबाट सार्वजनिक गर्न सकोस । यस हिन्दु शम्शान भूमिको पूर्व–दक्षिण भागमा करिब ४० वर्ष अघि विजय बाल्मिकी नामका भंगी बाबाले महाकाल मन्दिर निर्माण गर्नका लागि नगरबाट चन्दा संकलन गरी जग हालेका थिए । तर हिन्दु शम्शान भूमि समितिको असक्षमताको कारण यो महाकाल मन्दिर आजसम्म निर्माण गर्न सकिएको छैन् । मन्दिर निर्माणका लागि पिलरसहितको बलियो जग छ । यसको माथि छाना हालेर भगवान महाकाल मन्दिर निर्माण गर्न सकिन्छ ।...