Monday, April 13सत्यम खबर
Shadow

महिला अधिकार र उनको दायित्व राष्टव्यापी अभियान शुरू

सकिल अहमद राई
नेपालगन्ज, २१ फागुन – इस्लामी संघ नेपालले प्रेस काउन्सिल मार्फत महिला अधिकार र उनको दायित्व राष्ट्रब्यापी अभियान फागुन २० गतेदेखि २६ गतेसम्म चलाउने इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश सचिव बद्रे आलम खाले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा जानकरी गराउँदै आलम खाले संस्थाको बारेमा ईस्लामी संघ नेपाल एउटा धार्मिक तथा सामाजिक संस्था हो, जसले विगत ३७ बर्षदेखि आफ्नो धार्मिक सचेतना तथा अन्तरधार्मिक सौहार्द र वातावरणका साथ मुसलमानहरूको धार्मिक, सामाजिक, शैक्षिक उन्नतिको लागि आफ्नो दायित्व निर्वाह गर्दै आएको छ ।

हाल इस्लामी संघ नेपालले मुस्लिम समुदायमा मात्र नभई देशका अन्य दाजुभाइलाई पनि महिलाको हक-अधिकार सम्बन्धी इस्लामको शिक्षाका बारेमा सचेत गराउनु पर्ने अवश्यकता महसुस गरेको छ । यी कुराहरुलाई ध्यानमा राखी यही मिति २०७८ साल फागुन २०-२६ गतेसम्म तदनुरूप २०२२ मार्च ४-१० सम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस राष्ट्रव्यापी अभियानको फल स्वरूप एकतिर मुस्लीम समाजमा महिला अधिकार र दायित्वको सम्बन्धमा चेतना र परिवर्तन आउनेछ भने अर्कोतिर इस्लाम धर्मप्रति देशवासीको धारणामा सकारात्मक परिवर्तन आउने विश्वास छ ।

महिला अधिकार सम्बन्धी यी कार्यक्रमहरु मार्फत यस राष्ट्रव्यापी अभियानबाट निम्न परिणामहरू अपेक्षित छन् । जस्तै महिलालाई समाजमा उचित सम्मान र स्थान दिनेछ । उनीहरुसँग दुर्व्यवहार र अन्याय न्यून हुनेछ । समाजमा हिंसा र दुर्व्यवहार घट्ने हक अधिकारका बारेमा चेतना जगाई उनीहरूको हकको पुन सुनिश्चिता गर्नेछ । मानिसहरु यस इस्लामिक शिक्षाहरू विशेषगरी इस्लामिक समाजको विशेषताहरु बारे सचेत हुने छन् ।

समुदायको निर्माण र सामाजिक सेवाहरुमा महिलाहरुले महत्पुर्ण भूमिका निर्वाह गर्न सक्षम हुने छन् । छोरीहरुलाई उच्च शिक्षा दिने वातावरण पनि अनुकूल बनाइने छ । सासु र बुहारी, नन्द र भाउजु वा अन्य महिला बीचको गैर इस्लामी मानसिकता र अज्ञानी धारणाको उन्मूलन हुनेछ । विधवा तथा अनाथप्रति समाजको दृष्टिकोण बदल्न छ र उनीहरुलाई राम्रो व्यवहार गर्ने र उनीहरूको हक अधिकार दिने वातावरण बनाइने छ ।

महिला हकअधिकारको लागि यो राजनीति ब्यापी अभियानमा हातेमालो गरौ । अधिक मात्रामा चेतना जगाउँदै भन्ने सबैसँग हाम्रो अपिल इस्लामी संघ नेपालले गरेको छ । यस अभियानमा तपाईंको बहुमूल्य सहभागिता तपाईंको आफ्नै जात, घरपरिवार, समाज र राष्ट्रका साथै देशवासीको लागि कोसे ढुङ्गा हुनेछ र हामी सबैको लागि यो लोक परलोकमा कल्याणको स्रोत हुने बताउनु भएको छ ।
कार्यक्रममा उपस्थित इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ओबैर्दुरहमान खान, आइशा मदरसतुल बनात मावि का जिनत हल्वाई लगायत पत्रकारहरु उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *